एक हजार सात सय अस्सी किलो चाइनिज लसुन बरामद

साझेदारी दैनिक
साझेदारी दैनिक 1 View
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज : अनाधिकृत रुपमा भण्डारण गरि राखिएको अवस्थामा चाईनिज लसुन पर्सा प्रहरी र सश्स्त्र प्रहरीको सँयुक्त टोलीले बरामद गरेको छ।

पर्साको विन्दवासिनी गाउँपालिका–३ झौवा गुठीमा रहेको कुखुरा फर्मबाट टोलीले भन्सार छलि ल्याइएको चाईनिज लसुन बरामद गरेको हो।

चार लाख ८० हजार ६ सय बराबरको एक हजार ७८० केजी लसुन टोलिले बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

एक सय २ बोरामा रहेको चाईनिज लसुन बरामद भएको हो। यसलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जानकारी दिएको छ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न