फरार प्रतिवादीहरू धमाधम पक्राउ

साझेदारी दैनिक
साझेदारी दैनिक 14 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

कलैया : बारा प्रहरीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गरिरहेको छ। उसले मंगलबार र बुधबार गरी १३ जना फरार प्रतिवादीलाई पक्राउ गरी बारा जिल्ला अदालतमा दाखेल गरेको छ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढले चेक अनादर मुद्दामा पाँच सय रुपैयाँ जरिवाना लागि फरार रहेका पचरौता नगरपालिका वडा नम्बर ७ का दिनानाथ सहनीलाई पक्राउ गरेको हो।

यस्तै चेक अनादर मुद्दामा पाँच सय रुपैयाँ जरिवाना लागि फरार रहेका सिम्रौनगढ वडा नम्बर ७ का नन्दकिशोर यादवलाई प्रहरीले पक्राउ गरेको हो। चेक अनादर मुद्दामा पाँच हजार रुपैयाँ जरिवाना लागि फरार रहेका सिम्रौनगढ वडा नम्बर ४ का रुपेश कुमार पण्डितलाई प्रहरीले पक्राउ गरेको हो।

लुटपिट कुटपिट मुद्दामा तीन हजार रुपैयाँ दण्ड जरिवाना पाएकी सिम्रौनगढ वडा नम्बर १० निवासी नैनवा देवीलाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढले पक्राउ गरेको हो। प्रहरी चौकी वरियारपुरले चेक अनादर मुद्दामा फरार रहेका महागढीमाई नगरपालिका वडा नम्बर ९ निवासी सुरेशपण्डित कुम्हारलाई पक्राउ गरेको छ।

उनीहरुलाई बुधबार नै बारा जिल्ला अदालतमा दाखेल गरेको छ। बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका तथा बारदात पश्चात फरार रहेका लुकिछिपि बसेको अवस्थामा प्रहरीले मंगलबार आठ जनालाई पक्राउ गरी बारा जिल्ला अदालत,कलैयामा दाखिला गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्।

ईलाका प्रहरी कार्यालय निजगढ बाराले लागु औषध मुद्दामा २८ दिन कैद र पाँच हजार रुपैयाँ दण्ड जरिवाना सजाय पाएकी नानसाईलि भन्ने माया गोलेलाई पक्राउ गरेको हो। लागु औषध मुद्दामा २८ दिन कैद र दुई हजार रुपैयाँ जरिवाना लागेका निजगढ वार्ड नम्बर ८ निवासी . अर्जुन थापा भन्ने बालकृष्ण थापा पक्राउ परेका हुन्।

लागु औषध मुद्दामा २० दिन कैद र दुई हजार रुपैयाँ जरिवाना सजाय पाएकी ईन्दिरा थापालाई प्रहरीले पक्राउ गरेको हो।

चेक अनादर मुद्दामा एक महिना कैद र पाँच सय रुपैयाँ जरिवाना जिाय पाएका निजगढ ९ निवासी खडकराज मैनालीलाई प्रहरीले पक्राउ गरेको हो।

सवारी दुर्घटनामा एक वर्ष कैद र एक हजार रुपैयाँ दण्ड जरिवाना लागेका निजगढ वडा नम्बर दुई निवासी सागर राईलाई प्रहरीले पक्राउ गरेको हो।

यस्तै ईलाका प्रहरी कार्यालय छतवाले डाका मुद्दामा एक वर्ष कैद र १० हजार पाँच सय रुपैयाँ दण्ड जरिवाना सजाय पाएका विश्रामपुर वडा नम्बर २ निवासी रुपेश यादव भन्ने अर्जुन राय यादवलाई पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय परवानीपुर बाराले अङ्गभङ्ग मुद्दामा दुई हजार रुपैयाँ जरिवाना सजाय पाएका परवानीपुर गाउँपालिका वडा नम्बर ३ लिपनीमाल निवासी जयप्रकाश यादवलाई पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट बसपार्क कलैयाले चेक अनादर मुद्दामा पाँच सय रुपैयाँ जरिवाना पाई फरार रहेका कलैया ४ निवासी शिवमंगल रामलाई पक्राउ गरेको हो।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न