जनादेश विपरीत काँग्रेस–एमालेको गठबन्धन सरकार बनेको हो : अध्यक्ष साह

साझेदारी दैनिक
साझेदारी दैनिक 23 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

फेटा : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार सत्तापक्षका भ्रष्टाचारी,अपराधीलाई संरक्षण गर्दैै विपक्षीलाई तर्साउन खोजेको आरोप लगाएका छन ।

आजपा मधेस प्रदेश कमिटीद्वारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ कार्यक्रम अन्र्तगत बुधबार बाराको फेटामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले यस्तो आरोप लगाएका हुन ।

भ्रष्टाचारी र अपराधीलाई संरक्षण गर्नका लागि बनेको वर्तमान सरकारको नेतृत्व गरिरहेको एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनताका लागि काम गर्नुको साटो तर्साउने,डराउने,आतंक मचाउने काममा लागेको अध्यक्ष साहले बताएका छन।

उनले दुई ठुला दलकै कारण लोकतन्त्र नै खतरामा छ, यो दुई दलीयतन्त्रले भ्रष्टाचार, मनोमानी, बेथिति, कुशासन बढाएको छ’ अध्यक्ष साहले थपे, ‘दुई ठुला दल मिलेर सरकार गठन गर्नुको उदेश्य नै भ्रष्टाचारी जोगाउँने, अपराधीलाई संरक्षण गर्नका लागि हो । हैन भने गिरिबन्धु, ललिता निवास,टेरामक्स,वाईडवडी लगायतका ठुलाकाण्डका भ्रष्टलाई यो सरकारले कारवाही किन नगरेको ? भ्रष्टाचारीलाई कारवाही गर्न कसले रोकेको छ ?’ साहले प्रश्न गरे।

अहिलेको सरकार जनादेश विपरित बनेको भन्दै गत निर्वाचनमा छुटाछुटै गठबन्धनबाट निर्वाचनमा सहभागि कांग्रेस र एमालेले एकअर्काको सरकार बनाउँने भनेर मत नमागेको तर अहिले मतदाताको भावना विपरित गठबन्धन गरेको उनले बताए ।

‘लोकतान्त्रिक मुलुकमा जनताको जनादेश विपरित जाने छुट कसैलाई हुदैन् । जबकी फरक जनादेश पाएका पार्टीको गठबन्धनले अनैतिक रुपमा सरकार चलाईरहेको पुर्वमन्त्री साहको दाबी छ।

उनले मुलुकमा बढदै गईरहेको भ्रष्टाचार,अनियमितता,कुशासनका साथै सरकारको अनावश्यक कर एवं महंगी विरुद्ध आजपाले आन्दोलन गर्दै आएको बताएका छन । आजपाले भ्रष्टाचार, अनियमितता,कुशासन,मनपरी कर,महंगी,बेरोजगारी,बैदेशिक रोजगारको ठगी,भन्सारको मनोमानी कर लगायतका बिषयमा आवाज उठाउदै जानकारी गराए ।

पार्टीका बारा जिल्ला अध्यक्ष राजकिशोर साहको अध्यक्षतामा सम्पन्न उक्त खबरदारी सभामा वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह,उपाध्यहरु समिना हुसेन,अशोक लामा महासचिव त्रिभुवन साह, उपमहासचिवद्धय सियाराम कुशवाहा,राजन यादव,विजय यादव लगायतकाले सम्बोधन गरेका थिए ।

फेटामा आमसभा हुनुभन्दा अघि आजपाले बाराको कलैया र पर्साको वीरगन्जमा भ्रष्टाचार बिरुद्ध यात्रा टोलीले रोडसो गरेको थियो । साथै यात्रामा सहभागिलाई आजपा अध्यक्ष साहले सम्मान समेत गरेका छन् ।

पार्टीको ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ बुधबार नै पर्साको पटेर्वा सुगौलीमा आम सभा गरेपश्चात सम्पन्न भएको कार्यक्रम सहभागी आईटी आर्मीका केन्द्रिय सदस्य रामशरण यादवले साझेदारी दैनिकलाई बताएका छन ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न