कलैया : कलैया सिटी जेसिजले जेसिज सप्ताहको तेस्रो दिन ट्राफिक सचेतना तथा लिडरसिप ट्रेनिङ सम्पन्न गरेको छ।
बाराको कलैया– वीरगंज हुलाकी राजमार्ग सडकखण्डको अस्थायी ट्राफिक पोस्ट कलैयामा कलैया सिटी जेसिजले बुधबार एक कार्यक्रम बीच ट्राफिक सचेतनामुलक कार्यक्रम गरेको हो ।
सो कार्यक्रममा मोटरसाइकल,भ्यान,मिनि ट्रक,म्याजिक भ्यान,टिपर जस्ता एक सय पचास वटा सवारीसाधनलाई रोकि ट्राफिक सचेतना दिई ति सवारीसाधनमा लोगो लगाइएको कार्यक्रम संयोजक एवम् २०२४ का उपाध्यक्ष सुरज कुमार गिरीले जानकारी दिए। कलैया सिटी जेसिज २०२४ का अध्यक्ष जेसी पवन कुशवाहाको अध्यक्षतामा सो कार्यक्रम भएको हो।
कार्यक्रमको प्रमुख अतिथि अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका प्रमुख एवम् प्रहरी नायब निरीक्षक संजीवकुमार झा रहेका थिए।
उक्त कार्यक्रममा कलैया सिटी जेसिज २०१८ का अध्यक्ष धनिलाल सरार्फ,२०२४ का कार्य कारणी उपाध्यक्ष गणेश शर्मा,महासचिव विजय गिरी (राजकुमार),कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाराका अध्यक्ष लक्ष्मण चौधरी,जेसी धर्मेन्द्र कुमार,ट्राफिक प्रहरी,जेसिजका पदाधिकारीहरु लगायतको उपस्तिथि रहेको थियो ।
त्यस्तै कलैया सिटी जेसिजले जेसिज सप्ताहको तेस्रो दिन मनकामना कलेजमा लिडरसिप ट्रेनिङ सम्पन्न गरेकोछ।
सो लिडरसिप ट्रेनिङमा कसरी सार्वजनिक मञ्चमा प्रस्तुत गर्ने,आफ्नो उपस्थिति र कार्यकलापलाई कसरी प्रभावकारी बनाउने,बोल्ने शैली,आवाजको उतार–चढाव र भावनात्मक कनेक्शन,मञ्चमा उभिने आत्मविश्वास,आडियन्सको ध्यान आकर्षण गर्ने क्षमता,व्यावहारिक ज्ञान जस्ता प्रशिक्षण दिएको कार्यक्रम संयोजक अकाश कुमार गुप्ताले जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा २०२० का अध्यक्ष विपिन चौधरी,उपाध्यक्ष आकाश कुमार गुप्ता,२०२४ का महासचिव बिजय गिरी जेसिजका पदाधिकारीहरु,मनकामना स्कुलका प्रधानाध्यापक रामबाबु कुशवाहा,विधार्थी,सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।