काठमाण्डौं : मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगले कल सेन्टरको स्थापना गरेको छ।
आयोगले मंगलबार कल सेन्टर स्थापना गरेको आयोगकी प्रवक्ता तथा सहसचिव नीता पोखरेल अर्यालले एक प्रेस विज्ञप्ति जारी गरी जनाएकी हुन्।
मतदाताहरुको प्रश्न, गुनासा र समस्या समाधान गरी मतदाता नामावली,निर्वाचन कार्यक्रम,उम्मेदवारी दर्ता,मतदान प्रकृया लगायतका सम्पूर्ण विषयमा आम मतदाता एवम् सर्वसाधारणलाई जानकारी उपलव्ध गराउने उद्देश्यले कल सेन्टर सञ्चालन गरिएको हो।
आयोगले विहान सात वजे देखि राति सात बजेसम्म सञ्चालन हुने गरी आयोग परिसरमा निशुल्क ११०२ रहेको कल सेन्टरको स्थापना गरेको हो।