निजगढमा मेला,जात्रा र महोत्सवका लागि सुरक्षा व्यवस्था कडा पारिने

रञ्जन यादव
रञ्जन यादव 51 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

जीतपुर : बाराको निजगढ नगरपालिकाले आफ्नो क्षेत्रभित्र आयोजना हुने मेला,जात्रा र महोत्सवहरूलाई सफल रुपमा सञ्चालनका लागि सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने भएको छ ।

निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले एक सुचना जारी गर्दै मेला,महोत्सव तथा जात्राहरु रातिको समयमा सञ्चालन गर्दा अनावश्यक हो हल्ला,झै भलगडा र बिभिन्न अवाञ्चित क्रियाकलाबहरुले शान्ति,सुरक्षामा असर परेको ठहर गरेको सूचनामा उल्लेख छ ।

रातिको मेला महोत्सवहरुमा जुवातास खेलाउँने मदिरा तथा अन्य लागुपदार्थको बिक्रिबितरण गर्ने कार्य नगर्न नगरबासीलाई सुचना मार्फत अनुरोध गरिएको छ ।

सूचनामा उल्लेख गरिएअनुसार,मेलास्थलहरूमा शान्ति सुरक्षा,स्वच्छता, र आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी प्रभावकारी कदम चाल्ने तयारी गरिएको हो ।

नगरपालिकाले स्थानीय प्रशासन कार्यालय,प्रहरी कार्यालय र सरोकारवाला निकायसँग अनुमती लिएर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न