नगर स्तरीय अन्तर विद्यालयस्तर छन्द कविता प्रतियोगितामा प्रथम भईन राष्ट्रिय विभुति सामुदायी शिक्षा सदनकी छात्रा भुजेल

साझेदारी दैनिक
साझेदारी दैनिक 142 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया । नगर स्तरीय अन्तर विद्यालयस्तर छन्द कविता प्रतियोगितामा राष्ट्रिय विभुति सामुदायि शिक्षा सदनकी छात्रा स्नेहा भुजेल प्रथम भएकी छिन् ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रघुनाथपुर रामनगरमा जितपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा गरिएको मंगलवार एक कार्यक्रम बिच नगर स्तरीय अन्तर विद्यालयस्तर छन्द कविता प्रतियोगितामा राष्ट्रिय विभुति सामुदायि शिक्षा सदनकी छात्रा भुजेल प्रथम भएकी हुन् ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिव बहादुर गंतानको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख शिवजी प्रसाद रहनु भएका थिए ।

सो प्रतियोगितामा नगरका १३ वटा सामुदायिक तथा संस्थागत विद्यालयका २४ जना छात्रछात्राहरुको सहभागिता रगेको थियोे ।

सो प्रतियोगितामा जीतपुरसिमराका शिक्षा प्रेमी रामप्रसाद अधिकारी,नेपाल प्रेस युनियन मधेश प्रदेशका सचिव सन्तोष पाण्डे र नेरामावि रघुनाथपुरका शिक्षक अभिभावक संघका अध्यक्ष मिमलाल घिसिङ,व्यबस्थपन समिति सदस्य दुखीमया थिङ वक्ताहरु रहनु भएका थिए ।

सो प्रतियोगितामा प्रथम राष्ट्रिय विभुति सामुदायि शिक्षा सदनकी छात्रा स्नेहा भुजेललाई नगद ५ हजार,दोस्रो नेरामावि रघुनाथपुरकी छात्रा कान्छी घिसिङलाई ३ हजार र तेस्रो नेरा नमुना मावि सिमराका छात्र मनिष पाठकलाई २ हजार रुपैयाँ शिक्षा शाखाका प्रमुख शिवजी प्रसादले प्रदान गर्नु भएको थियोे ।

सो प्रतियोगिताको निर्णायक मण्डलमा शिक्षा शाखाका प्रमुख शिवजी प्रसाद,सिद्धेश्वर मावि कलैयाका शिक्षक एवम कवी शान्तिराम मिश्र,लोटस एकाडेमीका नेपाली शिक्षक राजु न्यौपाने र नेरामावि रघुनाथपुरकी नेपाली शिक्षिका गिता कोईराला रहनु भएका थिए ।

सो कार्यक्रममा स्वागत मन्तव्य नेरामावि रघुनाथपुरका प्रधानाध्यापक सुरेन्द्र चौरसियाको रहेको थियोे भने कार्यक्रमको संचालन सहायक प्रधानाध्यापक अर्जुन पराजुलीलेले गरेका थिए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न