उपनिर्वाचनको लागि मधेश प्रदेशमा एक सय तीन जना उम्मेदवारमा छ जना महिला

राम मण्डल
राम मण्डल 55 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज : अगामी मंसिर १६ गते हुन गईरहेको स्थानीय तहको उपनिर्वाचनको लागि मधेश प्रदेशमा आइतबार उम्मेदवारी दर्ता भएको छ।

चार जिल्लाका छ वटा स्थानीय तहका सात वटा वडाअध्यक्ष पद रिक्त रहेकोमा यहाँ निर्वाचन हुन गइरहेको हो। एक सय तीन जनाले उम्मेदवारी दर्ता गराएकोमा छ जना मात्र महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ।

मधेसका चार जिल्लाका स्थानीय तहका वडाध्यक्षको लागि उम्मेदवारी दर्ता हुदा महिला उम्मेदवारहरु एकदमै न्यून देखिएका हुन्। राजनीतिक दलहरुले महिला उम्मेदवारहरुलाई प्राथमिकतामा राखेका छैनन्।

सप्तरी,महोतरी,धनुषा र रौतहट गरि चार जिल्लाका ६ स्थानीय तहका सात वडाध्यक्ष पदमा उपनिर्बाचन हुन लागेको हो। निर्वाचन आयोगका अनुसार धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ का लागि सबै भन्दा बढी १२ वटा राजनितीक दलले उम्मेदवारी दिएकोमा दुइ जना महिलाहरु गरि २१ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै प्रदेशको सबै भन्दा कम रौतहटको राजपुर नगरपालिका ६ को वडाध्यक्षको लागि ६ वटा राजनितीक दलहरुले उम्मेदवारी दिदा कुल १४ जना उम्मेदवारहरु मध्ये एक जना महिला उम्मेदवार छन।

गढीमाई नगरपालिकाको वडा नम्बर ८ को वडाध्यक्षको लागि १६ जनाले उम्मेदवारी दिदा १५ जना पुरुष र एक जना महिला उम्मेदवार छन ।त्यस्तै ईशनाथ नगरपालिका वडा नम्बर ७ को वडाध्यक्षको लागि आठ राजनितीक दल र स्वतन्त्रबाट १५ जनाले उम्मेदवारी दिदा एक जना पनि महिला उम्मेदवारी परेको छैन।

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षको लागि बीस जना उम्मेदवार चुनावी मेदानमा उत्रिएका छन्। यहाँ आठ वटा राजनितीक दलले उम्मेदवारी दर्ता गराउदा १९ जना पुरुष र एक जना महिला उम्मेदवार मात्र मैदानमा छन्।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ को वडाध्यक्षको लागि आठ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराउदा सबै पुरुषहरु मात्रै रहेका छन।

सोही नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षको लागि सात वटा राजिनतीक दलको तर्फबाट ९ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेकोमा एक जना महिला उम्मेदवार रहेका छन ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न