लागू औषध गाँजा मुद्दामा फरार रहेका पाँच पक्राउ

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 59 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया : बारा प्रहरीले लागू औषध गाँजा मुद्दामा फरार रहेका पाँच जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका लागू औषध गाँजा मुद्दामा बरदात पश्चात फरार रहेका प्रतिवादीहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरेको हो ।

प्रहरीले लागू औषध गाँजा मुद्दामा अदालतबाट १ वर्ष २९ दिन कैद र ६ हजार रुपैयाँ जरिवाना पाएका मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर –१६ मा बस्ने विकास थिङ,शुक्र बहादुर मोक्तान,सालिक राम वाईवा,पिपलाल वाईवा र अजय कुमार थिङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उक्त पाँच जना फरार प्रतिवादीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बारा जिल्ला अदालत,कलैयामा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न