यू–१९ विश्वकपमा छनौट हुन सफल वीरगन्जकी प्रबिनलाई सम्मान

साझेदारी दैनिक
साझेदारी दैनिक 52 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज : यू–१९ विश्वकपमा छनौट हुन सफल वीरगन्जकी साना प्रबिनलाई सम्मान गरिएको छ ।

प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले यू–१९ महिला विश्वकप स्विागत र क्रकेटमा छनोट हुन सफल नेपाली राष्ट्रिय टिमकी सदस्य साना प्रबिनको घरमै पुगेर उनलाई बधाई दिएका हुन् ।

दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मूर्लीस्थित सानाको घरमै पुगेर खेलकुदमन्त्री जयसवालले सानालाई माला लगाएर बधाई दिनुका साथै आगामी विश्वकपमा सफलताका लागि शुभकामना दिएका छन ।

सो अवसरमा पूर्व प्रदेश सभा सदस्य जन्नत अन्सारीलेपनि सानालाई बधाई दिदै क्रिकेट ब्याटसहितका खेल सामग्री प्रदान गरेका छन ।

यू–१९ महिला विश्वकप क्रिकेटमा छनोट हुन सफल राष्ट्रिय टिमका मधेस प्रदेशका तीन जना क्रिकेटरको हौसला बढाउन आँफुले उनिहरुको घरमै पुगेर बधाई दिने सोच अनुसार आइतबार वीरगन्जस्थित सानाको घरमा पुगेर बधाई दिएको मन्त्री जयसवालले बताए।

यसपछि राष्ट्रिय टिमकी कप्तान पूजा महत्तो र एलिशा यादवकोपनि घरमै पुगेर बधाई दिनेहरुको आईरो लागेको छ ।

आगामी डिसेम्बर १५ देखि १८ तारिकसम्म मलेशीयामा हुने यू–१९ महिला एशिया कप र जनवरी १८ देखि फेब्रुअरी २ तारिकसम्म मलेशियामै हुने यू–१९ महिला विश्वकपमा नेपालको यू–१९ महिला टिम छनोट हुन सफल भएको हो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न