भ्रष्टाचार विरुद्ध मधेस यात्रा कार्यक्रम सरकारले भाड्न खोजेको आजपा अध्यक्ष साहको आरोप

साझेदारी दैनिक
साझेदारी दैनिक 115 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

रौतहट,ओम प्रकाश यादव : आम जनता पार्टी (आजपा) मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ कार्यक्रम सरकारले बिथोल्न खोजेको आरोप लागेको छ।

सप्तरीबाट शनिबार देखि शुरु हुने यात्रा कार्यक्रमलाई बिथोल्ने उद्देश्यले सप्तरी र सिरहाका प्रहरीले ठाउँ ठाउँमा घण्टौं रोकेर अपमान गर्ने, अमानवीय व्यवहार गर्ने काम गरेको आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आरोप लगाएका हुन्।

‘हाम्रो अभियान टोलीका कलाकार, पत्रकार र युवाहरूको गाड़ीलाई सिरहा र सप्तरीमा प्रहरीद्वारा बिना कारण घण्टौ रोकेर अपमान गर्ने र कार्यक्रम भाड़ने अमानवीय हर्कत गरेको छ, आजपा अध्यक्ष साहले भनेका छन्। ‘अहिले पनि हाम्रो अभियान टोलीका गाड़ीहरू सप्तरीको कदमहामा रोकिएको छ, उनले जानकारी दिए।

म यो सरकारलाई सोध्न चाहन्छु, शान्तिपूर्ण सभा जुलूस गर्ने संवैधानिक हक के खोसिएको हो? साहले प्रश्न गरे। निर्वाचन आयोगमा दर्ता पार्टी र तिनका वैधानिक जनसंगठनको गतिबिधि रोकने सरकारको यो निकृष्ट गतिबिधिलाई नेपाली जनताले कसरी लिने? उनको प्रश्न थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा प्रहरी प्रयोग गरी आजपाद्धारा आयोजित भ्रष्टाचार बिरुद्ध मधेस यात्रा कार्यक्रम भाड्न लागिएको आजपाले गम्भीर आरोप लगाएको छ ।

भ्रष्टाचार बिरुद्ध जागरण अभियानमा सहभागि हुन सप्तरी पुगेका आजपा अध्यक्ष साहले प्रधानमन्त्री आफै भ्रष्ट भएको टिप्पणी गरे। पार्टीको अभियान भाड्न खोजेको भन्दै उनले आक्रोश पोखेका हुन्।

सप्तरीबाट सुरु भएको आजपाको भ्रष्टाचार बिरुद्ध मधेस यात्रा पाँच दिनसम्म चल्ने छ। भ्रष्टाचार बिरुद्धको मधेस यात्रा कार्यक्रम मधेसका बिभिन्न जिल्लामा भेला,बैठक,खबरदारी सभा, अन्तरक्रिया,भेटघाट लगायतका कार्यक्रम हुनेछ। यात्रा बीरगंज पुगेर समापन हुने आजपाले जनाएको छ ।

मुलुकमा बढदै गईरहेको भ्रष्टाचार,अनियमितता,कुशासनका साथै सरकारको अनावश्यक कर एवं महंगी विरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ । सोही बिषयलाई लिएर आजपाले काठमाडौंमा विरोध प्रदर्शन गर्नुका साथै मधेस प्रदेशमा जागरण अभियान सञ्चालन गरेको हो।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न