कलैया : कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाराको सातौं वार्षिक साधारणसभा कलैयामा सम्पन्न भएको छ।
बारा उद्योग वाणिज्य संघ बाराको सभा हलमा शनिबार एक कार्यक्रम बिच साधारण सभा सम्पन्न भएको हो।
कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाराका अध्यक्ष संजयकुमार केशरीको अध्यक्षतामा सो कार्यक्रम भएको हो। क्यानका केन्द्रिय सदस्य एवम् अधिवेशन प्रतिनिधि दिपक साहले मैन बत्ति बाली साधारणसभाको उद्घाटन गरेका थिए। साह कार्यक्रमका प्रमुख अतिथि हुन्।
सो कार्यक्रमलाई सम्बोधन गर्दै कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाराका अध्यक्ष संजयकुमार केशरीले “सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि“,तालीम दिइएको उनले जनाए। यस्तै अमृता अनाथ आश्रममा खाद्यान्न सामग्री वितरण तथा विभिन्न आईटी सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु गरेको बताए ।
आउने दिनमा थप कार्यक्रम गर्ने उनले प्रतिबद्धता गरेका छन् । साधारणसभामा सहमति नभएकोले मंसिर २ गते आइतबार नयाँ समिति चयन हुने अध्यक्ष केशरीले जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा क्यान मधेस प्रदेशका सचिव गणेश शर्मा, क्यान धनुषाका अध्यक्ष बिनय साह,पर्सा अध्यक्ष प्रशान्त कुमार,क्यान बाराका कोषाध्यक्ष लक्ष्मण चौधरी,कानुनी सल्लाहकार शिवनाथ प्रसाद यादव,बिजय प्रसाद यादव,सुनैना यादव,सुमिन्त्रा चौधरी,राजनराज केशरी,पवन कुशवाहा अरुण कुमार पटेल,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियोे ।
सो कार्यक्रममा स्वागत पूर्व अध्यक्ष एवम् सल्लाहकार शशिभुषण प्रसादको रहेको थियोे। कार्यक्रम संचालन कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाराका सचिव बिनोद साहले गरेका थिए।