कलैया : नेपालमा सिल प्याक गरिएको खानेपानीको जार तथा मिनरल वाटर बोतलको गुणस्तरमाथि धेरै प्रश्न उठ्ने गरेको छ ।
सिल प्याक गरिएको बोतलमा किरा लगायतका अखाद्य चीजहरु बेलाबेलामा भेटिने गरेकाले पनि पानीको गुणस्तरमा प्रश्न चिन्ह खडा भएको हो । यसैविच त्यस्तै कलैयामा स्टार एकवाको पानीको बोतलभित्र मरेको किरा भेटिएको छ ।
बीरगंज फुड इन्डस्ट्रिज प्रालि ले उत्पादन गरेको स्टार एकवा पिउने पानीको बोतलभित्र किरा भेटिएको छ ।
बाराको सदरमुकाम कलैयाको मुख्य भरत चौकमा रहेको उद्योग बाणिज्य संघको सभा हलमा आयोजित कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाराको ७ औं वार्षिक साधारणसभा तथा ५औं अधिवेशन कार्यक्रममा सहभागीलाई खानको लागि वितरण गरिएको पानीको बोतलभित्र यसरी किरा भेटिएको छ ।
पानीको बोतलमा किरा फेला परेपछि कम्प्युटर एशोसिएशन नेपाल महासंघ बाराका अध्यक्ष संजय कुमार केशरीले आफूलाई यसबारेमा केही थाहा नभएको बताउदै आफुहरुले स्थानीय पसलबाट उक्त पानी खरिद गरेको बताउछन ।
उनल आफूले कार्टुन नै खरिद गरेको र भित्र किरा भएको कुरा थाहा नभएको बताए । उपभोक्ताको स्वास्थ्यसगं खेलवाड गर्नेलाई कारवाही गर्नु पर्ने अध्यक्ष केशरीले माग राखेका छन ।
स्टार एकवा पानीको कम्पनी बाराको जीतपुरमा रहेको छ भने कार्यालय पर्साको फुलवारी टोल बीरगंजमा रहेको छ ।
यता यस विषयमा बुझनलाई स्टार एकवा पानी कम्पनीको नम्बर ०५१५२०७५६ यतिमा सम्पर्क गर्दा सम्र्पक हुन सकेन । पानीको बोतलमा दिएका नम्बरहरुमा पटक पटक फोन गर्दा सम्र्पक हुन सकेन ।