तराई मधेशमा मनाईने समा चकेवा पर्व सम्पन्न

साझेदारी दैनिक
साझेदारी दैनिक 67 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया : दाजु बहिनीको प्रेम प्रतिकको रुपमा रहेको समा चकेवा पर्व शुक्रबार रातिबाट बिधिवत रुपमा सम्पन्न भएको छ ।

गोर्बधन पुजादेखी कार्तिक पुर्णिमा सम्म मनाउने गरिन्छ । यो पर्व बिशेष गरी तराई मधेशका युवतीहरु मनाउने गर्छन ।

समाचकेवालाई पुर्णिमाको राति स्थानीय नदी,तलाव,सरोवर,पोखरीमा सेलाईएपछि यो पर्व बिधीवत रुपमा सम्पन्न भएको हो ।

यस पर्वमा रातको समयमा गांउ घरमा खास गरी कुवारी कन्याहरु एक ठाउमा जम्मा भई माटोले बनाईएको मुर्तीको पुजा आजा गरी मनाउने गर्छन । पर्वको अन्तिम दिन रातमा ती मुर्तीहरुलाई गांउघर नजदिक रहेको जलाशय,सरोवर आदीमा सेलाईने गरिन्छ ।

समा चकेवामा चकेवा (दाजु),समा (भाउजु),खिडरीज (बहिनी),चुगिला (भाईहरु ) समेत गरी पांच जनाको मुर्तीहरु एउटा बासले बनाईएको भाडो (स्थानीय भाषामा) दौरा मा राखेर गाउ भरी घुमाईन्छ । यसमा मुर्तीको अलावा केसार,कुचो,चुलेसी,गाजल बनाउने भाडो आदी हुन्छ ।

द्वापरयुगमा भगवान श्री कृष्णले आफनो बाल्यकाल गोकुलमा बिताई मथुरामा आएपछि गोपिनीहरुले कृष्णको समझनामा खेलेको समा चकेवा कलान्तरमा दाजु र बहिनीको प्रेम र सदभावमा रुपान्तर भएको नेपाल भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष राम प्रसाद साहले जानकारी दिएका छन ।

पछिल्लो समयदेखी तराईमा यो पर्व लोपन्मुख रहेको यस पर्वलाई जिवन्त राखनका लागी सबै सचेत हुनुपर्ने बेला आईसकेको अध्यक्ष साहले बताए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न