सिम्रौनगढ नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियारद्वारा बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

साझेदारी दैनिक
साझेदारी दैनिक 100 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया : बाराको सिम्रौनगढ नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत बिरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल,काठमाडौंले निमित प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्र प्रसाद साह कानु बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले शुक्रबार बिशेष अदालत काठमाण्डौमा निमित प्रमुख प्रशासकीय साह बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरी घिमिरले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन ।

अधिकृत कानुलाई सेवाग्राहीसँग घुस/रिसवत लिई रहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय मकवानपुर हेटौडाको टोलीले गत असोज १० गते नियन्त्रणमा लिएको थियो ।

कानुले एक सेवाग्रहीसंग बिल भुक्तानी गरेवापत रु ७८ हजार घुस रकम सहित अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

अनुसन्धानको सिलसिलामा निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुले बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस/रिसवत लिएको पुष्टी भएपछि उनी बिरुद्ध मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्तीमा उल्लेख गरेको छ ।

अख्तियारले अधिकृत साह बिरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.७८ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय गर्न आयोगले माग दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न