गढीमाई मेलाको तयारी तीब्र रुपमा भईरहेको छ : नगर प्रमुख यादव

रञ्जन यादव
रञ्जन यादव 42 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बरियारपुर : महागढीमाई नगरपालिकाको नगरप्रमुख तथा गढीमाई मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादबले बिश्व प्रसिद्ध मेलाको तयारी तीब्र रुपमा भईरहेको बताएका छन् ।

गढीमाई स्थलमा विहीबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो उनले यस्तो बताएका हुन ।

उनले भारतबाट मेला भर्न आउँने भक्तजनहरुले साना तथा मझौला गाडिहरु ईन्ट्रि गराएर मात्र बिना भन्सार शुल्क तिरी आउँन सक्ने बताएका छन् । जसका लागि भन्सार नाकाका प्रमुखहरुसँग आफुले कुरा गरेको बताएका छन् ।

मेला अवधिभर भारतबाट आउँने भक्तजनहरुलाई मध्यनजर गर्दै गोरखपुर,पटना,बरेवनीबाट रक्सौल सम्म बिशेष ट्रेन सञ्चालन गर्न वा ट्रेन थपेर ट्रेनको सङ्ख्या बृद्धि गर्न भारत सरकारसँग माग गर्नुभएको अध्यक्ष यादवले बताए ।

उहाले रेल्वेका उच्च तहको ब्यवस्थापनसँग कुरा भईरहेको जानकारी दिएका छन । नगर प्रमुख यादबले मेला अवधिको समयसम्म रक्सौलसम्मको टिकट सहुलियत दरमा प्रदान गर्नकालागि पनि रेल्वेका उच्च अधिकारीसँग कुरा भएको बताए ।

नगर प्रमुख यादवले मेला हुने क्षेत्रलाई मेला अवधिभर फ्रि वाईफाई क्षेत्रको रुपमा बिकास गर्ने बताएका छन् । उनले नेपालमा सेवा दिईरहेका सम्पुर्ण वाईफाई कम्पणीहरुले फ्रि वाईफाई सेवा दिने बताएका कारण ५० लाख भन्दा बढी दर्शन गर्न तथा मेला भर्न आउँने दर्शनार्थीहरु लाभन्वित हुने बताए ।

नगर प्रमुखले पत्रकार सम्मेलनमा मेलामा शुद्ध खानेपानी,बिद्युतिकरण,सौचालय र स्वास्थ्य सेवाहरु उपलब्ध हुने बताए । बरिष्ठ चिकित्सक सहितको सेवा मेलाका बिभिन्न ठाउँमा सञ्चालन हुने उनले बताए ।

मेलामा ४० वटा घुम्ती सौचालय र एक हजार भन्दा बढी अस्थाई सौचालय सञ्चालन हुने नगर प्रमुख यादबले बताए । २ हजार ५ सय भन्दा बढि प्रहरी परिचालन हुने उनले जानकारी दिए ।मेला यहि मंशिर १ गते देखि ३० गते सम्म चल्ने जनाईएको छ ।

त्यस्तै बिहिबार नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष तथा मेला प्रचार प्रसार उपसमितीका संयोजक रेशम तिबारीको अध्यक्षतमा बसेको बैठकले प्रचारप्रसार गर्न जिम्मेवारी बिभाजन गरेको छ ।

ब्यवस्थापनको जिम्मेवारी श्रीकान्त गुप्तालाई,भिडियो फुटेज सुटको जिम्मेवारी अखिलेस यादबलाई र समाचार लेख्नको जिम्मेवारी नरेश गुप्तालाई दिएको छ ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न