रास्वपा पर्साद्वारा प्रधानमन्त्री कार्यालयलाई ज्ञापन

राम मण्डल
राम मण्डल 71 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज : पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

रास्वपाका नेता कार्यकर्ताहरुले बुधबार -याली निकाल्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्याल मार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।

पार्टी सभापति रबि लामिछानेलाई सरकारले पुनः म्याद थपेर हिरासतमा राख्ने प्रपंच गरे आफुहरु अनशनमा बस्ने चेतावनी सहितको ज्ञापनपत्र उनीहरुले प्रधानमन्त्रीको कार्यालयलाई बुझाइएको हो ।

रास्वपाका पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा निस्केको जुलुसमा सांकेतिक रुपमा रबि लामेछानेलाई निर्दोष हुँदा हुँदै पनि हत्कडी लगाएको प्रतीक बनाएर बजार परिक्रमा गराएको थियो।

प्रधानमन्त्री केपि ओलि र काङ्ग्रेस सभापति शेरबहादुर देउवाको फोटोको समेत मुखुण्डो बनाएर हिड्न लाग्दा प्रहरीले हस्तक्षेप गरेपछि जुलुसमा केही समय तनाव र घम्साघम्सी समेतको बाताबरण बनेको थियो।

जुलुस नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर घण्टा घरमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभामा रास्वपा पर्साका केन्द्रिय सदस्य डा नन्दन यादब,प्रदेश सदस्य पुरुषोत्तम उपाध्याय,क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र,फैयाद मिया,पालिका सभापति चन्दन गुप्ता लगायतले मन्तव्य राखेका थिए।

जुलुस र कार्यक्रममा अत्यन्तै उत्साहजनक उपस्थिति रहेको र रबि लामिछाने अझ पनि हिरासतमा राखी रहे अब देश रबिमय र रास्वपामय बन्ने जिल्ला सभापति हरि पन्तले बताए।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न