निजगढ तिलगंगा आँखा अस्पतालको उद्घाटन

रञ्जन यादव
रञ्जन यादव 58 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

निजगढ : बाराको निजगढमा निजगढ तिलगंगा सामुदायीक आँखा अस्पतालले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरेपछि यसको बुधबार एक कार्यक्रमवीच उद्घाटन गरिएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सत्तीसकुमार सिँहले यसको उद्घाटन गर्नुभएको हो । स्वास्थ्यका सुचाङ्कहरुमा मधेश प्रदेश कमजोर रहेको अवस्थामा यस्ता सुबिधा सम्पन्न अस्पताल मधेश प्रदेशमा खुल्नु खुसी भएको मुख्यमन्त्री सिंहले बताएका हुन ।

बाराबासीले बिश्व तहको सेवा आफनो स्थानीय स्तरमा पाउँनु भाग्यको कुराको रुपमा ब्याख्या उहाले गर्नुभयो । मधेश प्रदेश सरकारबाट हुन सक्ने आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

उहाँले सप्तरी जिल्लामा पनि यस्तो अस्पताल खोेल्न आग्रह गर्नुभयो । जसकोलागि प्रदेश सरकारले हातेमालो गर्ने बताउँनुभयो ।

कार्तिक २८ गते देखि अस्पतालले आफनै भवनबाट सेवा सुचारु गरेको छ । बारामा उत्कृष्ट,सुलभ एवम पहुँचयोग्य उपचार प्रदान गर्ने उदेश्यले स्थापना भएको अस्पताल बाताबरण र अत्याधुनिक सुबिधा सम्पन्न भएको निजगढमा तिलगंगा सामुदायीक आँखा अस्पतालको दाबी छ ।

करिब ३१ करोडको लागतमा निजगढ तिलगंगा सामुदायीक आँखा अस्पतालको निर्माण भएको अस्पताल स्रोतले जनाएको छ । स्थानीय स्तरमा आँखाको उपचारमा सर्वसाधारणको सहज पहुँच बिस्तारका लागि निजगढ लगायत देशका विभिन्न २० स्थानमा अस्पतालहरूमार्फत् तिलगंगा अस्पतालले आँखा उपचार सेवा प्रदान गर्दै आएको छ।

अस्पताल व्यवस्थापनका अनुसार निजगढमा अस्पतालबाट बिरामीहरुलाई बहिरंग सेवा,विशेषज्ञ सेवा,बिस्तारित सेवा र नियमित शल्यकृया सेवा पाउनेछन् ।

तिलगंगा नेत्र चिकित्सालयले पहिला निजगढमा प्राथमिक स्तरको आँखा उपचार सेवा प्रदान गरिरहेको थियो ।

आँखाको उपचारका लागि तिलगंगा सामुदायीक आँखा अस्पताल बिश्वमै प्रख्यात छ । नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुहरिद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मनतब्य कार्यकारी निर्देश प्रोफेसर डा.सन्तुक रोईतले ब्यक्त गरेका थिए ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न