प्रतिबन्धित लागु औषध सहित एक जना पक्राउ

राम मण्डल
राम मण्डल 49 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज : प्रतिबन्धित लागु औषध सहित वीरगञ्जबाट पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले लागु औषध सहित वीरगञ्ज महानगरपालिका–२५ बस्ने २३ वर्षीय राजमहम्मद देवानलाई पक्राउ गरेको हो।

वीरगञ्ज–१४ गण्डक चोकमा काठमाण्डौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६६६ नम्बरको बसलाई प्रहरीले जाँच गरेको थियो ।

जाँचको क्रममा बसमा सवार उनको साथबाट प्रहरीले लागु औषध,नुरफिन एक हजार १९५ पिस,डाइजेपाम एक हजार २०० पिस र फेनारगन एक हजार १८५ गरी जम्मा तीन हजार ५८० एम्पुल बरामद गरेको छ।

लागु औषध सहित पक्राउ परेका देवान बिरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न