वीरगञ्ज : पर्सा प्रहरीले ८५ लाखभन्दा बढी सामानहरु लोड रहेको एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघरस्थित ना.६ ख ५५१नम्बरको मालबाहक ट्रक जाँच गरेको थियो।
वीरगञ्जबाट कैलाली जाँदै गरेको उक्त ट्रकमा लोड रहेको खुद्रा सामान तथा औषधिहरु बिल बिजक भन्दा बढी रहेको पाइएको प्रहरीको दाबी छ ।
ट्रकमा लोड रहेको ८५ लाख ७० हजार २४० बराबरको खुद्रा तथा औषधीहरु थप कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए।