जीतपुरसिमराले नगर स्तरीय चित्रकला र छन्द कबिता प्रतियोगिता गर्ने

रञ्जन यादव
रञ्जन यादव 86 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

जीतपुरसिमरा उपमहानगरपालिकाले बिद्यार्थीहरुलाई सहकार्य र शैक्षिक क्रियाकलापमा सहभागी गराएर उनीहरुको सृजनात्मक,क्षमता र प्रतिस्पर्धात्मक भावनालाई प्रोत्साहन गर्न नगर स्तरीय चित्रकला र छन्द कबिता प्रतियोगिता गर्न लागेको छ ।

सामुदायिक तथा संस्थागत बिद्यालयलाई प्रतियोगितामा सहभागी गराउँन र प्रतियोगितालाई सफल रुपमा सञ्चालन गर्न श्री नेरामाबि रघुनाथपुरलाई जिम्मा दिएको छ । चित्रकला प्रतियोगितामा प्रत्येक बिद्यालयबाट ४ जनाको सहभागिता रहने छ ।

चित्रकला प्रतियोगितामा कक्षा १ देखि ५ कक्षा सम्मका एक जना छात्र र एक जना छात्रा गरी दुई जना र कक्षा ६ देखि कक्षा ८ सम्मको एक जना छात्र र छात्रा गरी दुई जनाको सहभागीता रहने श्री नेरामाबि रघुनाथपुरले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने टोलीले मौलिक र सन्देशमुलक किसिमको बिषयबस्तु समेटिएको चित्र प्रस्तुत गर्नुपर्ने शर्त राखिएको छ । त्यस्तै नगर स्तरीय छन्द कबिता प्रतियोगितामा प्रत्येक बिद्यालयबाट एक जना छात्र र छात्रा गरी दुई जनाको सहभागीता रहने जनाईएको छ ।

पाँच श्लोकको हुने छन्द कबिता प्रतियोगितमा सहभागी बिद्यार्थीहरुले आफै उपस्थित भएर कबिता बाचन गर्नुपर्ने आयोजक बिद्यालयले जारी गरेको सुचनामा उल्लेख छ ।

प्रतियोगितामा समावेश हुने कबिता कहिँ कतै छापेको वा प्रकाशन भएको नभई मौलिक हुनुपर्ने नियम बनाईएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ को श्री नेरामाबि रघुनाथपुरमा छन्द कबिता प्रतियोगिता मंसिर ४ गते र चित्रकला प्रतियोगिता मंसिर ५ गते हुने जनाईएको छ ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न