छठका लागि दुलही झैँ सिंगारिए बाराका पोखरी तथा नदी घाट

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 126 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया : लोकआस्था र विश्वासको पर्व छठका लागि दुलही झैँ बाराका पोखरी तथा नदी घाट विशेष सजावटबाट सिंगारिएका छन ।

जिल्लाका सवै स्थानमा रहेका छठघाटलाई सरसफाई गरी टेण्ड,झलर,बत्ति,आदि लगाएर ‘दुलही’ झैं जस्तै सिँगारिएका छन ।

व्रतालुहरुले आफ्नो घरदैलो नजिकै रहेको पोखरी तथा छठ घाटमा गएर छठ पूजाअर्चना गर्ने परम्परा रहेको छ ।सोही अनुसार यहाँका सर्वसाधारणले आ–आफ्नो घरनजिकै रहेको पोखरी तथा घाटलाई सरसफाइ गरि दुलही’ झैं झिलिमिली तथा फुलले सजावट गरेका छन् ।

कलैया उपमहानगरपालिका भित्र रामजानकी पोखरी,सिद्देश्वर मन्दिर पोखरी,बरेवाको छठिया पोखरा छठ घाट,घुसुपुरको चिमनीमाई छठ घाट,अवधापुर छ्ठ घाट,दोहरी छठ घाटमा विशेष सजावट र डेकोरेसन गरेर छठ पर्व मनाइँदैछ ।

सदरमुकाम कलैयामा मात्र नभई जिल्लाका ग्रामीण भेगका सबै गाउँमा छठ घाटको भब्य रुपकम सजिसजावट गरिएका छन् ।

यसरी सजावट गरिएका छठी घाटहरुमा छठको तेस्रो दिन अर्थात विहीबार ब्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन् र साँझपख नजीकैको नदी र पोखरीको घाटमा व्रतालुहरूले छठ पुजा सामाग्रीहरु लिएर छठघाट जाने स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल,ठेकुवा र कसार अर्घ दिन्छन्।

व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न