लोकआस्थाको रुपमा मनाईने छठ पर्व विधिवत शुरु छठ पर्वको रौनकले कलैया सहित जिल्लाभर चहलपहल बढ्यो

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 16 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया : श्रद्धा,निष्ठा र लोकआस्थाको रुपमा मनाईने छठ पर्व मंगलवारदेखी शुरु भएको छ ।

नेपालको विशेष रूपले तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । कात्तिक शुक्लपक्षको चतुदर्शी तिथिका दिनबाट छठपर्व विधिवत् रूपमा शुरु हुने गरेको छ ।

छठको पहिलो दिन अर्थात कार्तिक शुक्ल चतुदर्शीका दिन नहान खान (नहाए खाए) खाने गरिन्छ । छठको शुरुवात मानिने यो दिनलाई ब्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन् । आईतवार ब्रतालुहरुले बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई–धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गरेका छन ।

सूर्य उपासनासँग सम्बन्धित छठ पर्वको रौनक बारामा पनि देखिएको छ ।

बाराको कलैया,जितपुरसिमरा,प्रसौनी,बरियारपुर,निजगढ,कोल्हवी लगायत विभिन्न स्थानका बजारमा निकै नै चहलपहल बढेको हो । छठमा चाहिने सामग्री किन्नको लागि बिहानदेखि कलैया बजारमा व्रतालुको भीड बढेको छ ।

व्रतालुहरुले छठका लागि बाँसको नाङ्लो,ढाकी,कोनिया,डगरी,केरा,उखु,दूध,माटोको हात्ती,कोशिया,ढकनी,केराउ,नरिवल,मिठाइ,चाना,कसार,कागती र अदुवा,फलफूल लगायतका पूजा सामग्री खरिदमा व्यस्त देखिएका छन् ।

त्यस्तै छठ पूजामा नयाँ कपडा लगाउने भएकोले कपडा पसलहरुमा पनि उत्तिकै नया लुगाहरु किन्नेहरुको पनि भिड उतिकै लागेको देखिएको छ ।

छठ पर्वका लागि छठी घाटहरु सजिसजावट गर्ने काम पनि शुरु भएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पोखरीको डिल र नदीको किनारको सरसफाइ गर्दै आ–आफ्ना पूजास्थल(छठी घाट)हरु सजावट गर्नमा जुटेका छन् ।

कलैयाको रामजानकी मन्दिर परिसरको पोखरीको डिल,सिद्देश्वर परिसरमा रहेको पोखरीमा पनि छठी घाट रहेकाले सजावन गर्ने कार्य अन्तिम चरणमा रहेको घाट व्यवस्थापन समितिले जनाएको छ ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न