एघार जना फरार प्रतिवादी पक्राउ

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 65 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

कलैया : प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालयका मातहत प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

पक्राउ परेका फरार प्रतिवादीलाई बारा जिल्ला अदालतमा दाखेल गरेको विज्ञप्तिमा जनाइएको हो।

बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका निम्न वमोजिमका मुद्दामा बरदात पश्चात फरार रहेका खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी सम्मानित बारा जिल्ला अदालत, कलैयामा दाखिला गरिएको सो विज्ञप्तिमा जनाइएको हो।

ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटेको प्रहरी टोलीले जीतपुर सिमरा उ.म.न.पा.वडा नं.७ जीतपुर बस्ने अं.वर्ष ३४ को बिरेन्द्र साहनी भन्ने बिरेन्द्र बैठालाई पक्राउ गरिएको हो।

बैठा उपर लागू औषध मुद्दामा एक वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरिएकोमा उनी फरार रहेका थिए। सोही ठाउँका ४२ वर्षीय धर्मेन्द्र सहनीलाई पनि प्रहरीले पक्राउ गरेको हो।

लागू औषध मुद्दामा उनलाई एक महिना कैदको फैसला गरिएको हो।

ईलाका प्रहरी कार्यालय जीतपुरले बारा जीतपुर सिमरा उ.म.न.पा.वडा नं.७ टेडा रोड बस्ने अं.वर्ष ५१ को दिपक कुमार सिंहलाई पक्राउ गरेको हो।

उनी उपर चेक अनादर मुद्दामा अदालत द्वारा तीन हजार रुपैयाँ जरिवाना गरिएको हो। सोही ठाउँका ४० वर्षीयका अखिलेशकुमार गुप्तालाई चेक अनादर मुद्दामा १५ सय रुपैयाँ दण्ड जरिवाना गरिएको हो।

सोही ठाउँका चेक अनादर मुद्दामा दुई हजार रुपैयाँ दण्ड जरिवाना लागेका हरदेव साह कलवारलाई प्रहरीले पक्राउ गरेको हो। चेक अनादर मुद्दामा पाँच सय दण्ड जरिवाना लागेका संजय प्रसाद कलवारलाई प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय प्रसौनीले प्रसौनी गा.पा.वडा नं.१ प्रसौनीबाट लागु औषध मुद्दामा १० दिन कैद र दुई हजार रुपैयाँ दण्ड जरिवाना लागेका ३३ वर्षीय ननकी भन्ने अनवर अराफातलाई पक्राउ गरेको हो।

प्रहरी चौकी कचोर्वाले अदालतमा चालु रहेको ज्यान मुद्दाका प्रतिवादी जिल्ला बारा सिम्रौनगढ न.पा.११ कटहरिया बस्ने अं.बर्ष २४ को विजय साहलाई पक्राउ गरेको हो।

अस्थाई प्रहरी पोष्ट बसपार्कले कृर्ते जालसाजी मुद्दामा दुई सय रुपैयाँ जरिवाना लागेका बारा कलैया उ.म.न.पा.वडा नं.६ बस्ने अं.वर्ष ४४ को बिनोद प्रसादलाई पक्राउ गरेको हो।

सोही ठाउँका वर्ष ४७ को रबिन्द्र कुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो।

जुवा तास मुद्दामा दुई सय रुपैयाँ जरिवाना भएको हो। सोही ठाउँका ५३ वर्षीय सागर लामिछानेलाई जुवा तास मुद्दामा दुई सय रुपैयाँ जरिवाना सजाय भएको हो।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न