हिमाड्री फूड्स प्रालिको मजदुरहरु बोनसको माग गर्दै आन्दोलित

रञ्जन यादव
रञ्जन यादव 77 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

जितपुर : जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ स्थित हिमाड्री फूड्स प्रालिको मजदुरहरु बोनसको माग गर्दै आन्दोलित भएका छन् ।

श्रमिकहरुले तिहारमा पाउनु पर्ने बोनस रकम नपाएपछि धर्नामा बसेको बताएका छन् ।

उधोग र श्रमिकहरुबिच तिहार अगाडी नै २ महिनाको बोनस रकम पाउने सहमती भएको थियो तर एक महिनाको मात्र उद्योगले बोनस श्रमिकलाई दिएपछि बाकी एक महिनाको बोनस रकम माग गर्दै श्रमिकहरु उद्योग परिषर भित्रै धर्नामा बसेक हुन् ।

चाडपर्वको बेला उद्योगले श्रमिकहरुलाई राखेर जेठ २९ गतेका दिन श्रम ऐन २०७४ को दफा ११६(२)बमोजिम ३ सदस्यीय सामुहिक बोनस माग दाबी पेश गरिएको तर हिमाड्री फूड्स प्रालिले सम्झौता अनुसार आफुहरुलाई बोनस दिन आनाकानी गरे पछि आफुहरु धर्नमा बसेको अस्थायी कामदार सारु राईले बताईन ।

उद्योगमा १२ घण्टा सम्म आफ्नो पसिना बगाई उद्योगको उन्नति प्रगती गराए पनि उद्योगले बोनस दिन आनाकानी गरे पछि आफुहरु अहिले तिहारमा सापती लिएर काम चलाएको तर छठमा समेत उद्योगले बोनस नदिने पछि अहिले आफुहरु आर्थिक समस्यामा परेको अर्का कमदार अञ्जली लामाले बताईन ।

हिमाड्री फूड्स प्रालिले दशै अगावै सबै तहका श्रमिकलाई बार्षिक २ महिना ६० दिन बराबरको अधारभूत पारिश्रमिक एक मुष्ट बितरण गर्ने सहमती गरे पनि श्रमिकलाई एक महिनाको मात्र बोनस उपलब्ध गराए पछि अहिले श्रमिकहरु काम बन्द गरेर धर्नामा बसेको छ ।

यता हिमाड्री फोड्स प्रालिका प्रशासन प्रमुख सुनिता बरालले उद्योगको अहिले उत्पादन बन्द भएको कारण उद्योगले बाकी रहेको एक महिनाको बोनस उपलब्ध गराउने अवस्था अहिले नरहेकोले बोनस बितरणमा ढिलाई भएको बताईन ।

उद्योगको उत्पादन सुरु भए पछि बाकी रहेको बोनस रकम श्रमिकलाई उपलब्ध गराउने उनले बताईन ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न