जुअवामा जारी प्रथम समृद्ध कप २०८१ को उपाधि आयोजक ए लाई

साझेदारी दैनिक
साझेदारी दैनिक 109 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कोल्हवी : धीरेन्द्र पनुहर/ बाराको कोल्हवी ३ जुअवामा जारी प्रथम समृद्ध कप २०८१ को फाइनल समारोह खेल मंगलबार सम्पन्न भएको छ ।

फाइनल समारोह खेलको कोल्हवी नगरपालिकाको नगरप्रमुख रामप्रसाद चौधरीले रेफ्रीलाई बल हस्तान्तरण गरेर खेल सुरुवात गराउनु भएको हो ।

फाइनल खेललाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि समेत रहेका चौधरीले अनुशासनमा रहेर खेल खेल्न सबै खेलाड़ीहरुलाई आग्रह गर्दै आफ्नो गाऊ,टोल,नगर,राष्ट्रलाइ विश्वसामु चिनाउने माध्यम फुटबल खेल रहेको बताएका छन ।

प्रतियोगिताको फाइनल खेल आयोजक ए र त्रिशूल क्लब बकुलियावीच प्रतिस्पर्धा भएको थियो। जसमा आयोजक ए १ को विरुद्ध ३ गोलले बिजयी भएको छ ।

खेलको पहिलो हाफको २१ औ मिनेट जादा आयोजक क्लबका जर्सी न ११ का अमर ढंगोलले एक गोल गरि खाता खोलेको थिए । यस्तै खेलको २६ औ मिनेटमा आयोजक क्लबकै जर्सी न ७ का सागर चौधरीले दोस्रो गोल गर्दै आफ्नो टिमलाई २ गोलले अग्रता दिलाए ।

यता खेलको ३१ औ मिनेट जादा बकुलियाका जर्सी न १२ का चतुर्धन चौधरीले १ गोल गरि खेललाइ २र१ को अन्तरमा ल्याएको थियो । दुबै टिमका खेलाड़ीहरुले निकै आक्रमक खेल प्रदर्शन गरेका थिए ।

दोस्रो हाफको अन्तिम समयमा आयोजक क्लबका जर्सी न १३ का अभिषेक चौधरीले थप एक गोल गर्दै आफ्नो टिमलाई १ को विरुद्ध ३ गोलले जिताउन सफल भएका थिए ।

प्रतियोगिताको बिजेता टिम आयोजक ए ले नगद रु पैतीस हजार,शिल्ड मेडल र प्रमाणपत्र र उपबिजेता टिम त्रिशूल क्लब बकुलियाले नगद रु बीस हजार,शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।

प्रतियोगितामा १६ वटा टिमहरुको सहभागिता रहेका थियो । प्रतियोगिताको मुख्य प्रायोजक कोल्हबी नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय रहेको थियो भने सहजकर्ता शान्ति बृद्धा फाउन्डेसन कोल्हबी रहेको थियो ।

प्रथम पुरस्कार क्रियटिभ वर्ड प्रालि कोल्हवी र दोस्रो पुरस्कार ग्लोबल बहुउद्देश्यीय सहकारी सस्था लि कोल्हबीले उपलब्ध गराएको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न