कलैया : पर्साको रामनगरीमा मृत अवस्थामा एक जना किशोरीको शव फेला परेको छ।
बहुदरमाई नगरपालिकाको वडा नम्बर ८ रामनगरीबाट स्थानीय रामबाबु सहनीकी १७ वर्षीया छोरी निजिमाकुमारी सहनीको शव फेला परेको हो।
पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार रामनगरीस्थित बजारको पोखरीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको हो।
पोखरीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाए लगत्तै पुगेको प्रहरी टोलीले घटनाको प्रकृति मुचुल्का तयार पारेको छ।
शव पोष्टमार्टमका लागी पर्सा प्रहरीले वीरगञ्जको नारायणी अस्पतालमा पठाएकोे छ।
यसबारेमा आवश्यक अनुसन्धान सुरु भएको छ। मृत भेटिएकी किशोरी दुइ दिनदेखि सम्पर्कविहिन रहेकी थिइन् ।