गढीमाई क्षेत्रलाई विश्व सम्पदा सूचिमा राख्न माग

साझेदारी दैनिक
साझेदारी दैनिक 64 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया : आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले गढीमाई क्षेत्रलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न माग गरेका छन्।

उनले ऐतिहाँसिक,धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा प्रसिद्ध गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारसंग माग गरेका हुन्। बाराको महागढीमाई नगरपालिका बरियारपुरस्थित गढीमाई मन्दिरमा शनिबार उनले यस्तो माग गरेका हुन्।

आजपा जिल्ला कमिटी बाराद्वारा आयोजित सर्वपक्षीय भेलालाई उनले सम्बोधन गरेका हुन्। गढीमाईको मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सबैले आ आफनो तर्फबाट र सरकारले पनि पहल गर्न आवश्यक रहेको उनले जनाएका हुन्।

केन्द्रीय सरकारका साथै मधेस प्रदेश सरकार समेत गढीमाईको विकास एंव मेलाका लागि बेखबर भएको उनको टिप्पणी थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको बिकास कहिल्यै नचाहेको आरोप लगाए।

उनले गढीमाई मन्दिर मधेसमा भएकै कारण सरकारले कुनै चासो नदिएको आरोप लगाए।गढीमाई मन्दिरलाई जसरी पनि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आफूले पहल गर्ने उनले बताए।

आफू शहरी विकास मन्त्री भएको बेला गढीमाईको नगरी महागढीमाईलाई स्मार्ट शहरको रुपमा विकासका लागि छनौट गरी बिभिन्न योजनाहरु राखेको स्मरण गरे। हरेक पाँच बर्षमा लाग्दै आएको गढीमाई मेला यस बर्ष अगामी मँसिर १ गतेबाट लाग्दै छ।पशु बलिका लागि विश्व भरि नै यो मेला प्रसिद्ध रहेको छ ।

आजपा जिल्ला कमिटी बाराद्धारा आयोजित भेलामा वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह,उपाध्यक्षहरू अशोक लामा,बिल्टू यादव महासचिब त्रिभुवन साह,उप महासचिब चन्द्रभुषण साहको विशेष सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा नगरप्रमुख उपेन्द्र यादव,गढ़ीमाई ट्रस्टको अध्यक्ष रामचन्द्र साह लगायतको सहभागिता रहेको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न