कलैया : बाराका एक व्यापारीले महागढीमाई नगरपालिकाको बरियापुरस्थित विश्वप्रसिद्ध भगवती श्री गढीमाई मन्दिरमा सुन र चाँदीको गहना दान गरेका छन्।
अमलेखगञ्जका एक ब्यवसायीले सुन र चाँदीका गहना दान गरेका हुन्। भाकल पुरा भएको भन्दै व्यवसायी विजय जर्गा मगरले लाखौं मूल्य बराबरका सुन र चाँदीका गहना दान गरेका छन्।
दीपावली पर्वको अवसरमा जर्गाले देवी गढीमाईलाई मगरले मन्दिरलाई दुवै कानका लागि सुनको वाला,घाँटीका लागि सुनको हार,नाकका लागि सुनको ठोप,निधारका लागि सुनको टिकुली र पाउमा लगाउने चाँदीको पायल दान गरेका हुन्।
उनले माताको कृपाले आफ्नो व्यापार–व्यवसायमा उन्नति भएको र आफ्नो भाखल पुरा भएको जनाएका हुन्। आस्थाको प्रतीक स्वरुप यी गहना दान गरेको उनले जनाएका हुन्।