यादवको हत्याको मुख्य अभियुक्त बारा प्रहरीद्वारा थारु सार्वजनिक

साझेदारी दैनिक
साझेदारी दैनिक 155 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज । बाराको महागढीमाई नगरपालिका–१ निवासी ५५ बर्षिय श्री नारायण प्रसाद यादवको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

बिहबिार बारा प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरि यादवको हत्यामा सँलगन रहेको आरोपमा सोही स्थान बस्ने ६४ बर्षिय सोथाई चौधरी भन्ने सोथाई खाँ थारूलाई सार्वजनिक गरेको हो ।

गएको शनिबार साँझ साढे सात बजे सोही स्थान बस्ने ५५ बर्षिय भुमि सुधार भन्ने श्री नारायण प्रसाद यादवको धारिलो हतियार प्रहार गरि हत्या भएको थियो ।

पसलबाट घर जाने क्रममा यादवको धारिलो हतियारले टाउको पछाडी गर्दनमा प्रहार गरी हत्या भएको थियो । घटनास्थलमा पुगेर प्रहरीले सोही दिन थारुलाई उनकै घरबाट पक्राउ गरेको थियो ।

घटनाको बारेमा अनुसन्धान गर्दै जादा भोग चलन गर्दै आएको जग्गा सम्बन्धी पुरानो रिसिवि तथा बिवादको कारण उनले यादवको हत्या गरेको भनि खुल्न आएको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

हत्यामा प्रयोग गरिएको धारिलो खुकुरी पनि बरामद गरिएको प्रहरी उपरीक्षक खड्काले बताए ।

पक्राउ परेका थारुलाई ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भईरहेको उनले बताए ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न