लागु औषध सहित वीरगञ्जबाट दुई जना पक्राउ

राम मण्डल
राम मण्डल 88 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज : लागु औषध सहित वीरगञ्जबाट दुई जना युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध सहित बारा महागढीमाई नगरपालिका–.७ तेलकुवा बस्ने २० वर्षीय ओमबाबु कुशवाहा र सोही स्थान बस्ने २० बर्षिय शैलेश यादवलाई पर्सा प्रहरीले पक्राउ गरेको हो।

वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेका ना.६ ख ७२२७ नम्बरको बसलाई प्रहरीले वीरगञ्ज महानगरपालिका १४ गण्डक चोकस्थित जाँच गर्नेक्रममा दुबैजनालाई लागु औषध सहित प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका ओमबाबुको साथबाट एक हजार ४८१ पिस लागु औषधः–नुरफिन,डाइजेपाम र फेनारगन तथा शैलेसको साथबाट एक हजार ५१५ पिस नुरफिन,डाइजेपाम र फेनारगन गरि जम्मा दुई हजार ९९६ पिस बरामद भएको छ।

दुबैजना बिरुद्ध लागु औषध सम्बन्धी कसूरमा अदालतबाट पाँच दिनको म्याद थप गरि कारवाही प्रक्रिया अघि बढाइएको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न