जीतपुरसिमराका दुईवटा बिपन्न माझि परिवारलाई घर हस्तान्तरण लुमन्ती र उपमहानगरले एक सय ४० वटा घर निर्माण गर्ने लक्ष्य

रञ्जन यादव
रञ्जन यादव 89 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

जीतपुर : आवासका लागि सहयोग समूह ‘लुमन्ती’ ले जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा दुई वटा घर निर्माण गरी माझि परिवारलाई हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमकाबीच जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रुपमा रिबन काटि घरको उद्घाटन गर्नुभएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१९ मा बर्षौदेखि टुटेको तथा भत्केको माटो र खरले बनाईएको घरमा जसोतसो आफनो गुजारा चलाउँदैँ आएका बिशन माझि र भुटन माझिको परिवारलाई एकरएक वटा नमुना घर हस्तान्तरण गरिएको लुमन्तिका सामाजिक परिचालक रबि तिबारीले जानकारी दिए ।

हस्तान्तरण गरिएको एउटा घरमा दुईवटा कोठा छन् । बिशन माझिको ५ जनाको परिवार छ भने भुटन माझिको ४ जनाको परिवार छ । प्रत्येक घर लुमन्ती संस्थाको रु.दुई लाख र जीतपुरसिमरा उपमहानगरपालिकाको रु.एक लाखको लागतमा गरी कुल रु ३ लाखको लागतमा निर्माण भईरहेको छ ।

उपमहानगरपालिकाको वडा नं.९ ,११ ,१९ र २० मा १ सय ४० वटा घर निर्माण गर्ने योजना छ । दुई बर्ष भित्र घर निर्माण गरि हस्तान्तरण गरिसक्नुपर्ने किसीमले लुमन्तीले काम गरिरहेको जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१९ ठुलो मटियरीयामा भएको घर हस्तान्तरण कार्यक्रमको अध्यक्षता भुईया बाबा टोल उथानशिल बिकास समितीका अध्यक्ष अर्जुन माझिको रहेको थियो ।

कार्यक्रममा वडा नं.१९ का वडा अध्यक्ष दिपेन्द्र कुमार क्षेत्री,जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने,कार्य क्षेत्र संयोजक अब्दुल कैस,मानव अधिकारकर्मी तथा पत्रकार बिदुर खड्का लगायत स्थानीयको सहभागिता रहेको थियो ।

लुमन्तीले देशका बिभिन्न ठाउमा स्थानीय तहसँग समन्वय गरी कम लागतमा भुकम्प प्रतिरोधात्मक ,बलियो र बाताबरण अनुकुल बाँसको घर निर्माण गर्ने गरेको छ ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न