सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत साह ७८ हजार घुस रकमसहित पक्राउ

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 307 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान हेटौंडाले नगरपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र प्रसाद साहलाई आज नगद ७८ हजार रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको हो । 

अख्तियारको टोलिले जिल्लाको कलैया उपमहानगरपालिका वार्ड नम्बर -४ स्थित गुप्ता पेट्रोल पम्प नजिकै रहेको उनको क्वाटरबाट सेवाग्राही संग काम गरेबापत ७८ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका सूचना अधिकारी गोबिन्द प्रसाद गौतमले बताएका छन् ।

साहले एक जना संग बिल भुक्तानी गरेबापत उक्त घुस रकम लिएको अख्तियारले जनाएको छ ।

साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको सूचना अधिकारी गौतमले जानकारी दिएका हुन् ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न