कोल्हवीमा भयो नागरिक सुनुवाई

साझेदारी दैनिक
साझेदारी दैनिक 76 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

कोल्हवी :धिरेन्द्र पनुहर/ जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा कोल्हवी बजारमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

प्रहरी उपरीक्षक महेन्द्र खड्काको सभापतित्वमा र कोल्हवी नगरपालिकाको नगर प्रमुख रामप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा मंगलबार सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा शंकर मैनाली,केवल चौधरी,जयराम चौधरी,राजेन्द्र मैनाली,कल्याणी बिमली,महेश साह,रामचन्द्र साफी,लक्ष्मी जयसवाल,दिपलक्ष्मी खरेल,वीरेन्द्र चौधरी,पुरनदेव चौधरी लगायतकाले यस भेगका समस्याहरुको बारेमा जिज्ञासा राखेका थिए।

प्रहरी उपरीक्षक महेन्द्र खडकाले आउदो दिनमा नेपाल प्रहरीलाई काम गर्न र आफ्नो जिम्मेवारी सफलता पुर्वक निर्वाह गर्न सजिलो होस भनी यो नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको जनाए।

नागरिकको तर्फबाट आएको गुनासा र सूचनाका आधारमा नेपाल प्रहरीलाई काम गर्न सजिलो हुने उनले बताए। जस्को कुनै आफन्त हुदैन त्यस्को आफन्त नेपाल प्रहरी हुन्छ उनले भने।
कार्यक्रममा कोल्हबी नगरपालिकाले ईलाका प्रहरी कार्यालय कोल्हबीलाई एक थान मोटरसाइकल क्यु आर टि को लागि उपलब्ध गराएको छ।

जनताहरुले राखेका जिज्ञासा्हरुलाइ सम्बोधन गर्दै नगर प्रमुख रामप्रसाद चौधरीले आउदो चैत्र बैशाख सम्म विद्युतको सब स्टेशन निर्माण भइ सके पछि विद्युतको समस्या समाधान हुने बताए। शान्ति सुरक्षालाई दृष्टिगत गर्दै कोल्हवी ६ परसौना बजारमा प्रहरी बिटको स्थापना गर्ने र असल समाज बनाउन गर्न सबै मिलेर असल समाज निर्माण गर्न सबैमा उनले आग्रह गरे।

उक्त कार्यक्रममा कोल्हवी नगरपालिकाकी उपमेयर लक्ष्मीकुमारी चौधरी,वार्ड नम्बर १ का वडा अध्यक्ष राजहरण चौधरी,२ का अध्यक्ष गोपालप्रसाद अधिकारी,३ का अध्यक्ष किशुनदयाल चौधरी,४ का अध्यक्ष बिष्णु मैनाली,६ का अध्यक्ष दिनेश चौधरी,९ का अध्यक्ष दलबहादुर चौधरी,१० का अध्यक्ष कुन्ज बिहारी चौधरी ११ का अध्यक्ष नन्दकिशोर चौधरीको विशेष उपस्थिति रहेको हो। सो कार्यक्रममा निवर्तमान नगर प्रमुख भरतबहादुर भण्डारी,करैयामाइ गाउँपालिका वडा न ५ का वडा अध्यक्ष उमेश चौधरी,नगर उद्योग वाणिज्य संघ कोल्हवीका अध्यक्ष लक्ष्मीप्रसाद जयसवाल,उपाध्यक्ष रामप्रसाद प्रसाईं,नेपाली कांग्रेस कोल्हवी नगर कमिटीको सभापति वीरेन्द्रप्रसाद चौधरी,नेकपा एमाले कोल्हबी नगर कमिटी अध्यक्ष पुरनदेव चौधरी, माओवादी केन्द्रका नगर अध्यक्ष रामचन्द्र साफी,जनमत पार्टीका नगर अध्यक्ष हरिचन्द्र पनुहर,रा प्र पा का राजेन्द्र मैनाली,श्री अनुप दिपनी मा बि कोल्हबीका प्र अ रामप्रकाश चौधरी,श्री ने रा मा वि सपहीका प्र अ भुनेश्वर चौधरी,जनशक्ति क्लब कोल्हबीका अध्यक्ष खुशी चौधरी,महिला नेत्री ज्ञानु केसि,दिपलक्ष्मी खरेल,कल्याणी बिमली लगायत व्यापारी,समाजसेवी,किसान,पत्रकारहरुको उपस्थिति रहेको थियो।

नागरिक सुनुवाइ कार्यक्रममा स्वागत ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक किशन बस्नेतले गरे। कार्यक्रमको संचालन प्रहरी वरिष्ठ नायब निरीक्षक टंकबहादुर कार्कीले गरे।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न