कोल्हवी : बिनिता चौधरी/ बाराको कोल्हवी नगरपालिका वडा नम्बर ३ जुअवामा प्रथम समृद्ध कप खुल्ला नकाउट फुटबल प्रतियोगिता हुने भएको छ ।
समृद्ध नेपाल क्लब आयोजनामा संचालन हुने प्रथम समृद्ध कप खुल्ला नकाउट फुटबल प्रतियोगिताको सोमबार पत्रकार सम्मेलन गरेर बिस्तृत जानकारी गराईएको थियो ।
प्रतियोगिताको अनुमानित बजेट चार लाख एक हजार रहेको र यस प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।
प्रथम समृद्ध कप प्रतियोगिता कार्तिक ८ गते देखि शुरु भइ कार्तिक २० गते फाइनल खेल हुने छ । प्रतियोगिताको मुख्य सहयोगी कोल्हवी नगरपालिका वडा नम्बर ३ को कार्यालय रहेको छ ।
त्यस्तै सहयोगी संस्थाहरुमा शान्ति बृद्धा फाउन्डेसन कोल्हबी,गोपाल प्रगतिशील क्लब जुअवा,मिडिया पार्टनर रेडियो पातालगङा १०६.१ मे. ह. कोल्हबी,कोल्हबी न्युज डट कम,रेडियो कोल्हबी र मेडिकल पार्टनरमा तामागढी होस्पितल प्रा.लि.कोल्हबी रहेको छ । खेलको समुदघाटन कार्तिक ८ गते दिउँसो १.३० बजे जुअवा खेल मैदान हुने छ ।
क्लबका अध्यक्ष नागमनी चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरी,कोल्हवी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,नगर उधोग बाणिज्य संघ कोल्हवीका अध्यक्ष लक्ष्मी प्रसाद जयसवाल,तरुण दलको क्षेत्रीय सभापति ओम प्रकाश चौधरी, साना किसान कृषि सहकारी सहकारी संस्था लिमिटेड सपहीका मुख्य प्रबन्धक अरुण चौधरी,संस्थाका समरक्षक प्रेमनारायण चौधरी,तामागढी होस्पिटल प्रा.लि. कोल्हवीका संचालक बिबेक थारु वडा सदस्य रामदयाल चौधरी लगायतको उपस्थिति रहेको थियो ।