बन्जरियामा निःशुल्क आँखा शिवीर,एक सय जना लाभान्वित

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 121 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया : बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ७ बन्जरियामा एक दिने नि.शुल्क आँखा शिवीर शनिबार सम्पन्न भएको छ ।

नि.शुल्क आँखा शिवीरबाट एक सय जनाले आँखा परीक्षण गराएका छन्। श्री जनता नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा एक दिने माट्रिका आई फाउण्डेसनको आयोजनामा गरिएको नि.शुल्क आँखा शिवीर सम्पन्न भएको हो।

प्रसौनी गाउँपालिका वार्ड नम्बर ७ का पूर्व वार्ड अध्यक्ष राममणी गुप्ताको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस पार्टी बाराका क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति सुनिल कुमार गुप्ता रहेका थिए।

शिवीरमा ५४ पुरुष र ४६ महिला गरि एक सय जनाले सेवा लिएका छन्।

जाँचका क्रममा ३० जनाको आँखामा मोतिया बिन्दुको समस्या देखिएकोले उनीहरुको आँखाको अप्रेसन (शल्यक्रिया ) कार्तिक ४ गते आइतबार हुने पुर्व वार्ड अध्यक्ष गुप्ताले जानकारी दिएका छन्।

आउने दिनमा समेत निःशुल्क आँखा शिविर सञ्चालन गर्ने गुप्ताले बताए।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न