कलैया : मोतिसरमा श्रमजीवी बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर -१८ मोतिसर चौकमा रहेको श्रमजीवी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो चौथो वार्षिक साधारण सभा शनिबार एक कार्यक्रम बिच मनाएको छ ।
सहकारीले “बचत हाम्रो लागि,बचत परिवारको लागि,बचत समृद्धिको लागी” भन्ने मुलनाराका साथ आफ्नो वर्षीय साधारणसभा मनाइएको हो ।
श्रमजीवी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सदाम हुसेनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेड कलैयाका शाखा प्रबन्धक श्याम न्यौपानेले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् राष्ट्रिय सहकारी बैंक लिमिटेड कलैयाका शाखा प्रबन्धक श्याम न्यौपानेले जिल्लाको उत्कृष्ट सहकारी रहेको तथा बैंक सरह वितिय सेवा प्रदान जस्तै कियु.आर पेमेन्ट,मोबाइल बैकिङ्ग,क्नेक्ट आईपिएस जस्ता सेवा उपलब्ध रहेको बताएका छन् ।
सहकारीले बचत तथा ऋणका लागि कार्य विधि बनाएर अगाडि संचालन गरेको सराहनीय कार्य रहेको बताए ।
सहकारीका सम्पुर्ण सेवा सदस्यहरुले एक सय रुपैयाँ देखि नियमित बचत गर्न समेत उनले आग्रह गरेका छन् ।
सो कार्यक्रममा बेस्ट सेभिङ्ग मोतिसरका लक्षमिनिया तेलिन,पोषण कुमार साह,रामा प्रसाद साह कानु,विवेक कुमार यादव,राजदेव प्रसाद यादव,उब मिया,बिनोद साह,कलैयाका रन्जु देवी तेलिन,निजामुदिन हवारी,शोभा साह कलवार,राजन प्रसाद कुशवाह,बिनोद साह,उमरावती देवी,रामलाल साह,जगतपुरका सुभाष कुमार कुशवाहा,जय प्रकाश प्रसाद पटेल,भतौडाका सोहन साह,पचायनपुरका सन्जु पण्डित,फेटाका सुनिल कुमार राउत र गजेन्द्र प्रसाद साह कानुलाई राईस कुकर पुरस्कार सहित सम्मान गरिएको थियो ।
सहकारीले आर्थिक वर्ष २०८०/०८१ मा १ करोड ९५ लाख ३३ हजार ३३ रुपैयाँको कारोबार गरेको थियो भने गत आर्थिक वर्षमा १ करोड ५१ लाख १२ हजार ७ सय १३ रुपैयाँको कारोबार गरेको बताउदै वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष सदाम हुसेनले प्रस्तुत गरेका थिए ।
सहकारीले गत वर्षमा १ करोड २६ लाख ९१ हजार ४ सय ३ रुपैयाँ लगानी गरेको थियोे भने आर्थिक वर्ष २०८०/०८१ मा १ करोड ५९ लाख ३१ हजार २९ रुपैयाँ लगानी गरेको उनले जानकारी दिए ।
त्यस्तै सहकारीले ७४ लाख ४९ हजार १ सय ८६ रुपैया बचत गरेको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा १ करोड १५ लाख ९६ हजार ६ सय ४३ रुपैयाँ बचत गरेको छ ।
सहकारीमा हाल ७ सय ५० जना सदस्यहरु आबद्ध रहेको,ऋणी सदस्यहरुको बिमाको पनि व्यवस्था रहेको तथा ५ लाख देखि ९ लाख रुपैयाँ सम्म धितोमा लगानी गर्ने उनले बताए ।
सहकारीको मोबाइल बैकिङ्ग फोन पे अनलाइनबाट ग्राहकहरुले ३ महिनाको अन्तरालमा ६० लाख रुपैयाँको कारोबार गरेको समेत उनले बताए ।
सो साधारणसभाबाट सहकारीको संचालक समितिको अध्यक्षमा सदाम हुसेन मंसुर,उपाध्यक्ष श्रवन कुमार,सचिव कुदरत मिया,कोषाध्यक्ष नाजिर हुसेन मिया,सदस्यमा अनवर मंसुर,सबुजन खातुन र अनिता देवी चयन भएका छन् ।
त्यसैगरी लेखा समितिको संयोजकमा श्रवन कुमार,सदस्यमा कुदरत मिया र नाजिर हुसेन चयन भएका हुन् ।
उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका वार्ड नम्बर -१८ का वार्ड अध्यक्ष ध्रुव राउत अहिर,पुर्व वार्ड अध्यक्ष अम्बिका प्रसाद यादव,कलैया उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख महन्थ ठाकुर,शिवराज कानु,अनिल यादव,रोशन साह कानु,फेटा गाउँपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष नरेश पटेल,साना किसान कृषि सहकारी संस्था लिमिटेड मोतिसर प्रमुख परमानन्द चौरसिया,बिरेन्द्र यादव,गुलाब मिया हुसेन,शम्भु प्रसाद कानु,शुभ लक्ष्मी कृषि सहकारी लिमिटेडका प्रतिनिधि संदिप साह,सहकारीका कर्मचारी,समाजसेवी,बचतकर्ताहरु लगायतको उपस्तिथि रहेको थियो ।
सो कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सचिव कुदरत मियाले राखेका थिए भने कार्यक्रमको संचालन मदन भण्डारी फाउन्डेसन बाराको जिल्ला अध्यक्ष रुष्तम अन्सारीले गर्नु भएका थिए ।