एमाले बाराको दोश्रो पुर्ण बैठक कलैयामा सम्पन्न

साझेदारी दैनिक
साझेदारी दैनिक 84 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया : नेकपा एमाले जिल्ला कार्य समिति बाराको दोश्रो पुर्ण बैठक शुक्रवार बाराको कलैयामा सम्पन्न भएको छ ।

कलैयामा सम्पन्न वैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले जिल्ला कार्य समितिमा १३ जना सदस्यहरु नियुक्त गरेको छ भने जनसंगठन समन्वय समिति र अन्य बिभिन्न बिभागहरु गठन गरेको जनाईएको छ ।

वैठकले स्कुल बिभाग प्रमुखमा पार्टीका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेय, स्थानीय बिकास प्रमुखमा उपाध्यक्ष भुलन चौधरी, संगठन बिभाग प्रमुखमा सचिव अमृत शर्मा बजगाई, जनसंगठन समन्वय संयन्त्रको प्रमुखमा उपसचिव जवाहिर अंसारी चयन गरेको छ ।

यसैगरी आर्थिक बिभाग प्रमुखमा उपसचिव भावना आचार्य,प्रचार–प्रसार बिभाग प्रमुखमा पुरुषोत्तम साह, सहकारी बिभाग प्रमुखमा रामचन्द्र पौडेल र निर्वाचन बिभाग प्रमुखमा झपेन्द्र बराललाई चयन गरिएको पार्टीले जनाएको छ।

पार्टीका मधेश प्रदेश ईन्चार्ज लिलानाथ श्रेष्ठको विशेष उपस्थितमा भएको उक्त बैठकमा नेकपा एमाले पोलिटव्युरो सदस्य पुरुषोत्तम पौडेल,ज्वालाकुमारी साह,अच्युत मैनाली, केन्द्रीय सदस्यहरु बलबिर चौधरी,महमद समीर, एकबाल मियां,सरस्वती चौधरी,मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल,सचिव मनोज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न