प्रभु साहद्वारा प्रधानमन्त्री ओलीसंग कलैयाको तीन किलोमिटर सडक कालोपत्र कब बन्ने गरियो प्रश्न

साझेदारी दैनिक
साझेदारी दैनिक 111 पाठक संख्या
4 मिनेट पढ्न लाग्ने समय

कलैया : आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह प्रधानमन्त्री केपी शर्मा ओलि विरुद्ध खनिएका छन्।

बडादशैं,शुभ दिपावली एवं छठ पर्वको अवसरमा बाराको कलैयास्थित गंगापुरमा बुधबार आयोजित शुभकामना आदानप्रदान एवं भेटघाट कार्यक्रममा उनी प्रधानमन्त्री ओली विरुद्ध खनिएका हुन्। उनले प्रधानमन्त्री ओलीको १०० दिने काम पूर्ण रुपमा असफल रहेको जनाए। भ्रष्टाचारीलाई संरक्षण र जनतालाई लुटने काम मात्रै भएको बताएका छन्।

भ्रष्टाचार नियन्त्रण राज्यको पहुँचभन्दा बाहिर गएको उनले बताए। भ्रष्टाचारी,लुटेरा र अनियमितता गर्नेहरुले नै शासन व्यवस्था सञ्चालन गरिरहेको उनको आरोप थियो। देशलाई जोगाउनका लागि भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारबाही गर्नुपर्ने बताउदै दिनदिनै भ्रष्टाचार संस्थागत हुँदै गएकोले मुलुक समृद्ध हुन नसकेको उनको भनाई थियो।

सरकारको मुख्य नेतृत्व नै भ्रष्टाचारमा लागेकोले कुनै पनि सरकारी निकायबाट भ्रष्टाचारीलाई कारबाहीको अपेक्षा गर्नु भनेको “गोरुबाट दूध पाउने कल्पना गरे जस्तै हो” भनेर उनले शुभकामना आदान प्रदान कार्यक्रममा टिप्पणी गरे। ‘देशमा भ्रष्टाचार बढ्दै गएका कारण मुलुकमा विकास रोकिएको जनाउदै नेपालको सम्पत्ति लुटेर दिन दहाडै विदेश लगिएको उनले जनाए।

भ्रष्टाचारको काण्डै काण्डले देश बरबाद भइरहेको जनाउदै उनले मुलुकको आर्थिक अवस्था संकटमा रहेको जनाए। सरकारी निकाय भ्रष्टाचारीको अगाडी निरीह रहेको जनाउदै भ्रष्टाचारीलाई राज्यकै संरक्षण रहेको जनाए। यस्तो अवस्थामा चुप लागेर बस्न नमिल्ने जनाउदै मुलुकलाई समृद्ध बनाउन,सुशासन कायम गर्नका लागि भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारबाही गर्न आवश्यक रहेको उनको टिप्पणी रहेको छ।

गिरीबन्दु टी–स्टेट देखि लिएर ललिता निवास लगायतका ठाउँमा ठुला भनिएकाहरूकै संलग्नतामा भ्रष्टाचार भएको प्रमाणित भएको उनले जनाए। त्यस्तालाई कारबाही गर्नुको साटो पुरस्कृत गर्ने अवस्थाको अन्त्य आवश्यक रहेको उनले बताए ।

सरकार,अख्तियार दुरुपयोग अनुसन्धानले भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको उनले बताए। सरकारमै भ्रष्टहरूको बाहुल्यता भएको टिप्पणी गरे। सबै भ्रष्टाचारीहरुलाई कारवाही कहिले हुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसंग प्रश्न समेत गरेका छन् ।

सरकारले सरुवा,बढुवा,नियुक्त गर्ने अख्तियार सहितका निकायले समेत भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको उनले जनाए। भ्रष्टाचार नियन्त्रण गर्ने निकायमा एउटा भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई नियुक्ति गरिरहेको जनाउदै यस्तो अवस्थामा भ्रष्टाचार कसरी नियन्त्रण हुन्छ भनेर प्रश्न गरे।

विदेश गइरहेका युवालाई नेपालमै रोजगार दिनुको साटो ती सोझासाझा युवाबाट लाखौँ रकम लिएर विदेश पठाउने काम सरकारी निकायबाटै भइरहेको आरोप उनले लगाए। स्वदेशमै रोजगारी दिनुपर्ने सरकार देशलाई उजाड बनाइरहेको आरोप उनले लगाए। राज्यकै संरक्षणमा मन्त्री,ठुला व्यापारीको संलग्नतामा हुन्डी कारोबार मार्फत अर्बौ रकम विदेश गइरहेको उनले बताए। त्यस्तो जघन्य अपराध गर्नेलाई सरकारले किन संरक्षण गरेको भन्दै प्रश्न गरे ।

काण्डैकाण्ड,भ्रष्टाचार,अनियमितता,कुशासनले आजित आम जनता यसको बिकल्प खोजिरहेको उनले बताए। भ्रष्टाचार र भ्रष्टहरुका बिरुद्धमा जनकारवाही र सडक आन्दोलनको बिकल्प नभएको उनले बताए ।

कलैयाको बिकासमा सरकारले ध्यान नदिएको गुनासो गरे। हुलाकी राजमार्ग अन्तरगतको पिलुवा–कलैया–मटिअर्वा सडक अन्तर्गतको कलैयामा ३ किलोमिटर सडक कालोपत्रे कहिले हुने भन्दै प्रधानमन्त्री ओलीसंग जवाफ माग गरे।

यस क्षेत्रबाट प्रदेश र संघमा एमालेकै नेता बिजयी भएको र केन्द्रमा एमालेकैै अध्यक्ष ओली प्रधानमन्त्री भएको तर पनि कलैयाको सडक कालोपत्रे गर्नमा किन ढिलाई भएको भनेर जनताले जान्न चाहेको भन्दै उनले प्रश्न गरे।

ऐतिहासिक,धार्मिक एवं पर्यटकीय क्षेत्रसंग जोडिएको बीरगंज,कलैया,गढीमाई,सिम्रौनगढ हुदै पुर्वपश्चिम रहेको हुलाकी राजमार्गलाई कम्तीमा पनि छ लेनको बनाउँन आवश्यक रहेको उनले बताए। जनस्तरबाटै बहिरा सरकारलाई दबाब दिनुपर्ने बताए ।

आम बिद्यार्थी मोर्चाका बारा अध्यक्ष कृष्ण साहको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा आजपाका बरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष अशोक लामा,महासचिव त्रिभुवन साहको विशेष सहभागिता रहेको थियो। उक्त कार्यक्रममा अशोक राई नेतृत्वको जसपाका नेता एंव संबिधान सभा सदस्य प्रमोद गुप्ता,जसपाकै नेता एंव मधेस प्रदेश सभाका पुर्व बिधायक पारस साह,नेकापा (माओबादी केन्द्र) कलैया नगरकमिटी अध्यक्ष मुकेश साह आजपा सचीव उमेश कुशवाहा,जनमत पार्टी बारा ईन्चार्ज शिवनाथ पटेल, आम महिला मोर्चाका अध्यक्ष कुमारी बबिता,आम विद्यार्थी मोर्चाका अध्यक्ष बिबेक साह आजपा नेताहरु बिजय यादव निर्बिज,श्रीनारायण पटेल,राजकिशोर साह सहित विभिन्न पार्टीका नेताकार्यकर्ता सर्वसधारण लगायतको सहभागिता रहेको थियो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न