रौतहट : ओम प्रकाश यादव/ नेपाली कांग्रेसका मधेश प्रदेश सभापति एवं प्रदेश सांसद कृष्ण प्रसाद यादवले केन्द्र सरकारले जनसंख्याको आधारमा मधेश प्रदेश सरकारलाई बजेट उपलब्ध गराउनुपर्ने बताएका छन्।
सात वटा प्रदेश मध्ये सबैभन्दा बढी जनसंख्या भएको प्रदेश मधेश प्रदेश भएपनि जनसंख्याको आधारमा सरकारले मधेश प्रदेशलाई बजेट नदिदा मधेशमा सोचे जस्तो विकास हुन् नसकेको सभापति यादवले बताएका छन् ।
रौतहटको माधव नारायण नगरपालिका(४ मानपुर विशुनपूर्वामा हिजो नेपाली कांग्रेसद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस मधेश सभापति यादवले यस्तो बताए ।
रौतहट निर्वाचन क्षेत्र नं १ ९ख० का प्रदेश सांसद एवं मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका सभापति कृष्ण प्रसाद यादवले देशको आधा भन्दा बढी जनसंख्या मधेशमा भएपनि सरकारले जम्मा ११ अर्ब मात्र बजेट दिने गरेकोले विकाशमा मधेश पछाडि परेको टिप्पणी गरे।
मधेशमा अहिलेसम्म सरकारको नेतृत्व गरेका मधेशवादी दलहरु समयमा बजेट खर्च गर्न नसकेको,ब्रहमलुट मच्चाउने गरेको र कामभन्दा बढि भ्रस्टाचार गर्ने गरेको कारण केन्द्र सर कारले मधेश प्रदेशमा बढि बजेट दिन नचाहेको उनले बताए ।
मधेशमा जनसंख्याको आधारमा बजेट किन विनियोजन भएन भनेर आफूले पटक पटक आफ्ना पार्टीमा कुरा राख्दा त्यहाँ बजेट खर्च हुन नसक्ने, फ्रिज हुने र भ्रष्टाचार बढी हुने जस्ता कारणले गर्दा आवस्यकता अनुसार बजेट विनियोजन नहुने गरेको भनी आफूलाई पार्टीले जवाफ दिने गरेको उनले सुनाए ।
उनले भने, ु यदि मधेशवादी दलका सरकारहरुले बजेट फ्रिज हुन् नदीई समयमै बजेट खर्च गर्ने गरेको भए आज सरकारले मधेशमा सबै प्रदेशभन्दा बढी बजेट दिन्थ्यो र आज यो प्रदेश अन्य प्रदेश भन्दा निकै समृद्ध र विकास हुन्थ्यो तर दुर्भाग्य मधेशवादी दलका कारण यो प्रदेश विकाशमा अगाडि बढ्न सकेन ।
मधेश प्रदेश विकाशमा पछाडि पर्नुको जिम्मा मधेश सरकारको अहिलेसम्म नेतृत्व गरेका मधेशवादी दलहरुले नै लिनुपर्ने समेत उनले बताए ।
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बने मात्र मधेशमा सोचे जस्तो विकास हुने भएकोले मधेश प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुनु अति आवश्यक रहेको सभापति यादवले धारणा राखे ।
मधेश सरकारको नेतृत्व कांग्रेसले लिए मात्र मधेश प्रदेश समृद्ध र विकसित हुने उनले वताए। आफ्नो नेतृत्वमा सरकार बने प्रदेशमा भइरहेको भ्रष्टाचार निर्मूल पार्ने र जनसंख्याको आधारमा मधेश प्रदेशमा बजेट विनियोजन गराउने उनले दाबी गरे ।
जनसंख्याको आधारमा बजेट विनियोजन भए मधेश प्रदेश र यहाँका जनता समेत सुखी,समृद्ध एवं विकसित हुने उनले बताए। सभापति यादवले आफू मधेश सरकारको नेतृत्व गर्ने अवसर पाए कृषि, स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन गर्ने समेत उद्घोष गरे ।
विगत ७ वर्षदेखि मधेश सरकारको नेतृत्व गर्दै आएको मधेशवादी दलले भ्रष्टाचार र कार्यकर्ता पाल्ने बाहेक अरु केही गर्न नसकेको आरोप लगाउँदै उनले कांग्रेसको नेतृत्वमा मात्र मधेश प्रदेश विकसित र समृद्ध हुने धारणा राखे ।
सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका मधेश प्रदेश सदस्य एवं प्रचार प्रशार विभाग प्रमुख नितेश कुमार गुप्ताले प्रदेश सांसद कृष्ण प्रसाद यादवले रौतहट निर्वाचन क्षेत्र नं १ ख मा विकासको खोला बगाएको बताए ।
हालै सरकारले बाढी संकटग्रस्त क्षेत्र घोषणा गर्दा रौतहटको पाँच वटा पालीकालाई मात्र संकटग्रस्त क्षेत्र घोषणा गरेको तर माघवनारायण लगाएत पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा नगरी विभेद गरेको भनी गुप्ताले गम्भीर आपत्ति जनाएका छन्।
माधव नारायन नगरपालिका समेत बाढीले प्रभावित भएकोले माधव नारायन नगरपालिकालाई समेत विपद् संकटग्रस्त क्षेत्र घोषणा गराउन पहल गर्न गुप्ताले कांग्रेस सभापति कृष्ण प्रसाद यादवलाई ध्यानाकर्षण गराएका थिए।
गुप्ताको जवाफमा यादवले संकटग्रस्त क्षेत्र घोषणा हुनबाट छुटेका पालिकाहरुलाई आफूले संकटग्रस्त क्षेत्र घोषणा गराउन प्रयासरत रहेको बताएका थिए।
कार्यक्रममा माधव नारायण नगरालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव,गढीमाई नगरपािकाका नगर प्रमुख श्याम प्रसाद यादव,कांग्रेसका मधेश प्रदेशका मुख्य सचिव सन्तु यादव लगाएतका वक्ताहरुले आ-आफ्ना शुभकामना मन्तव्य राखेका थिए।