सहमहामन्त्री मन्सूरको पहलमा प्रादेशिक अस्पतालमा आयो करोडौ अत्याधुनिक मेशिन

साझेदारी दैनिक
साझेदारी दैनिक 172 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया : बाराको कलैया रहेको प्रादेशिक अस्पताल कलैयामा करोडौं मूल्य पर्ने अत्याधुनिक मेसिनहरु संघ सरकारबाट प्राप्त भएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सहमहामन्त्री तथा नेपाल सरकारका पुर्व मन्त्री फरमुल्लाह मन्सूरको पहलमा उक्त मेशिनहरु प्राप्त भएको हो ।

नेता मन्सुरले बाराका आम नागरिकको पहिलो रोजाई कलैया अस्पताललाई बनाउन कुनै कसर नछोड्न उनले सब सङ्ग आवस्यक समन्वय सहकार्यमा समेत जोड दिएका छन । मंगलवार सो मेसिनहरुको अनुगमन गर्दै पुर्वमन्त्री समेत रहेका मन्सुरले छिटो भन्दा छिटो सो सम्पुर्ण मेसिन सन्चालनमा ल्याउन अस्पताल प्रशासनलाई आग्रह गरेका छन ।

उनले अस्पतालका डा. अजय गुप्ताको निरन्तरको समन्वय र कलैया अस्पताल प्रतिको ईमान्दारिताले आफ्नो मन छोएको भन्दै आफुले स्वास्थ्य मन्त्री माननीय प्रदिप पौडेल सङ्ग भेटेर कलैया अस्पतालका लागि आवस्यक सामग्री माग गरेको बताए ।

पुर्व मन्त्री मन्सूरको पहलमा संघ सरकारले मधेसको एक मात्र कलैया प्रादेशिक अस्पताललाई सो मेसिनहरु उपलब्ध गराएको डा.गुप्ताले जानकारी गराए ।

प्राप्ता मेशिनहरुमा रगत सम्बन्धी स्पेशल टेस्ट गर्ने अत्याधुनिक मेशिनहरु जस्तै फुलि अटोमेटेड बायो केमिस्ट्री एनालाईजर,अटोमेटिक युरिन एनालाईजर,अटोमेटिक इलेक्ट्रोलाईड एनालाईजर,हेमेटोलोजी एनालाईजर,एबिजी मेसिन,लगायतका आधुनिक स्वास्थ्य सामग्री उपलव्ध भएको नि.मेसु अजय गुप्ताले बताएका छन। उनको अनुसार अस्पतालमा थाईराईड जाच समेत गर्न अत्याधुनिक किलिया मेसिन समेत सुचारु भैसकेको बताए ।

डा. गुप्ताले मन्सूरले पहललाई निरन्तरता दिदै कलैया अस्पतालका लागि महत्वपूर्ण योगदान दिएको प्रती आभार प्रकट गरेका छन ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न