दशैंको रौनक शुरु,दशैको पहिलो दिन गरियो घटस्थापना

राम मण्डल
राम मण्डल 22 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

वीरगञ्ज : बडा दर्शैको पहिलो दिन बिहीबार मधेश प्रदेशमै रौनक देखिएको छ। पर्साका बिभिन्न दुर्गा मन्दिरहरुमा दुर्गा पुजाको रौनक शुरु भएको हो।पर्साको सदरमुकाम वीरगञ्ज सहित ग्रामीण भेगका दुर्गा मन्दिरहरुमा बिहीबारदेखि दुर्गा पूजा शुरु भएको छ ।

वीरगञ्जसहित,पोखरिया नगरपालिका,पर्सागढी नगरपालिका,सखुवा प्रसौनी गाउँपालिका लगायत बिभिन्न स्थानमा दुर्गा पूजास्थलमा भक्तजनहरुको भिड देखिएको हो। यहाँका स्थानीयबासीहरु समूह बनाएर दुर्गा माताको मन्दिरमा सामूहिक रुपमा १० दिनसम्म पूजा गर्ने गरेका छन्।

दशैंको पहिलो दिन धुमधामका साथ दुर्गा मन्दिरबाट जलयात्रा समेत निकालिएको छ। वीरगन्जमा दशहरा(दसै) मेला सुरु भएको छ । वीरगञ्जमा दशैंको नवरात्र सुरु भएकै दिनदेखि दशहरा मेला लाग्ने गरेको छ।

हरेक बर्ष जस्तै यस बर्ष पनि नवमीका दिनसम्म लाग्ने मेलामा पर्सा बारा सहित मधेस प्रदेश तथा भारतका पसलेहरुले सडकमै पसल थाप्ने गरेका छन्। वीरगञ्जको गहवामाई र विर्ता मन्दिरमा दशैंको बेलामा १० दिनसम्म दर्शनार्थीहरु आउने गरेका छन्। दर्शनार्थीहरुले दशहरा मेलामा किनमेल गर्ने गरेकाले वीरगञ्जमा दस दिनसम्म मेला लाग्ने गरेको हो।

घण्टाघर चोकस्थित सडकको दुबैतर्फ बिभिन्न किसिमका पसलहरुले भरिन थालेको छ। फूलपातिका दिन गहवामाई मन्दिरमा महिला भक्तजनहरूले खोइच भर्ने गर्दछन् । मेलामा पर्सा,बारा, रौतहट,सर्लाही जिल्लाका साथै छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी र भक्तजनहरू आउने गरेका छन् ।

यस्तै बारा सदरमुकाम कलैयास्थित विभिन्न देवी मन्दिरमा पूजा गर्ने भक्तजनहरु आएका छन्। यहाँको राजदेवी मन्दिर,बौद्धिमाई मन्दिर,बेलपाति मन्दिर,शितलामाई लगायतका मन्दिरमा भक्तजनहरु पुगेका हुन्।

महागढीमाई नगरपालिकाको बरियारपुरस्थित गढीमाई मन्दिरमा समेत ठूलो संख्यामा भक्तजनहरु पुगेका हुन्। यस्तै जितपुर सिमरा उपमहानगरपालिकाको छातापिप्रास्थित गढीमाई मन्दिरमा समेत भक्तजनहरु पुगेका हुन्।

विहानै देखि दर्शनार्थिहरु सो उपमहानगरपालिकाको देवी मन्दिरमा गई पूजा गर्नेहरु पुगेका हुन्। सिम्रौनगढस्थित कंकाली मन्दिरमा समेत भक्तजनको संख्या अन्य दिनको भन्दा बढेको छ।

राम मण्डल

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न