बारा उवासंघको नवनिर्वाचित पदाधिकारीहरुको सपथ सम्पन्न

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 38 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया : बारा उधोग वाणिज्य संघ कलैयाका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

बाराको सदरमुकाम कलैयाको मुख्य भरत चौकमा रहेको संघ बारा सभाहलमा विहीवार एक कार्यक्रमवीच सपथप्रहण कार्यक्रम सम्पन्न भएको हो । संघका भर्खरै सम्पन्न २१ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशन बाट निर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाइ निर्वाचन समितिले सपथ ग्रहण गराएको छ ।

नवनिर्वाचित संघका अध्यक्ष राज कुमार साहलाई नेपाल उधोग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले सपथ ग्रहण गराएका थिए ।

अधिवेशनबाट निर्वाचित वाणिज्य तर्फको उपाध्यक्षमा प्रदिप कुमार साह र उधोग तर्फको उपाध्यक्ष दिपु प्रसाद गुप्ताले सपथ ग्रहण लिएका उधोग वाणिज्य संघका प्रमुख निर्वाचन अधिकृत सुर्यजित कुमार सिंहले जानकारी दिएका छन् ।

त्यस्तै महासचिवमा निर्वाचित रामअशिष साह कानु र कोषाध्यक्षमा अजय कुमार पनि सपथ लिएका हुन् । वाणिज्य तर्फको सचिवमा शिवजी प्रसाद यादव र उद्योग तर्फको सचिवमा मन्तोष कुमार चौधरी पनि सपथ लिएका छन् ।

त्यसैगरी वाणिज्य तर्फको सदस्यमा रामजी प्रसाद साह,शशीभुषण प्रसाद केशरी,धनीलाल साह सोनार,विश्वनाथ प्रसाद यादव,शशीभुषण गुप्ता,दिनेश प्रसाद,तापस सरकार,अमृतु जयसवाल,राजा प्रसाद दासले पनि सपथ ग्रहण लिएका हुन् ।

उद्योग तर्फको सदस्यमा बबिता कुमारी तेली,अरुण कुमार कलवार,राम कुमार प्रसाद साह कानु,मनोज कुमार साह,महम्मद जमिरले पनि सपथ ग्रहण लिएका हुन । एशोशिएट तर्फको सदस्यमा दिलिप कुमार चौधरी,सुरेश कुमार साह तेलि र मुकेश कुमार गुप्ता पनि सपथ ग्रहण लिएका छन् ।

सपथ ग्रहण कार्यक्रमसंगै संघले विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत आयोजना गरेको सचिवमा शिवजी प्रसाद यादवले साझेदारीलाई बताएका छन् ।

प्रमुख निर्वाचन अधिकृत सुर्यजित कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उधोग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानी,उधोग वाणिज्य संघका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य तेजनारायण प्रसाद कलाकार,पुर्व अध्यक्ष शिवनाथ शर्मा,संजय प्रसाद गुप्ता,बारा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साह,३ ख का पुर्व प्रदेश सभा सदस्य पारस प्रसाद साह,नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादव,विभिन्न संघ संस्थाका अध्यक्ष,जिल्ला तथा नगर उधोग वाणिज्य संघका प्रतिनिधि,सल्लाहकार समिति सदस्य,उधोगी एवं ब्यापारी,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न