बारा प्रहरीद्वारा बराबरको अवैध सामान बरामद

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 18 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

कलैया : बारा प्रहरीले पाँच लाख ५५ हजार आठ सय ५५ रुपैयाँ बराबरको अवैध समान बरामद गरेको छ ।

जिल्ला प्रहरीले कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानमा गाडीहरूलाई रोकी जाँच गर्ने क्रममा अवैध सामान बरामद गरेको हो।

बिल भिजक भन्दा बढि र बिल भरपाई नभएको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंज स्थितमा गौरबाट काठमाण्डौ तर्फ जादै गरेको ना ७ ख ९१४१ नम्बरको यात्रु वाहक बसबाट एयरपोड्स बरामद गरेको छ ।

सो यात्रु बाहक बसबाट एयरपोड्स १ सय ४० पिस अन्दाजी मुल्य रु. २ लाख ८० हजार रुपैयाँ बराबरको समान बरामद गरेको हो ।

त्यसैगरी प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा वीरगंजबाट गोरखा तर्फ जादै गरेको ग १ ख ६०७० नम्बरको यात्रु बाहक बसबाट सामानहरु बरामद गरेको छ ।

सो यात्रु वाहक बासमा लोड रहेको ल्वाङ–१ बोरा,धनिया–१८ बोरा,मेथी–२ बोरा,जिरा–८ बोरा,खुर्सानी –६ बोरा,मोनो सोडियम ग्लुटेमेट–१० बोरा गरी अन्दाजी मुल्य रू. २ लाख ७५ हजार ८ सय ८५ रुपैयाँ बराबरको बरामद गरेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताएका छन् ।

उक्त सामानहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय,पथलैया बारामा बुझाईएको प्रवक्ता सापकोटाले जानकारी दिएका हुन् ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न