बकैयामा बालुवा लोड गरेका दुई वटा ट्याक्टर र दुई चालन नियन्त्रणमा

रञ्जन यादव
रञ्जन यादव 39 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

जीतपुर : बाराको बकैया खोलाबाट अबैध रुपमा चोरी निकासी गर्न बालुवा लोड गरिरहेका दुईवटा ट्याक्टर र चालकहरुलाई बन गस्ती टोलीले नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा तामागढी सब डिभिजन बन कार्यालयलयबाट जमदार सोनालाल कुर्मीको कमाण्डमा खटिएको बन गस्ती टोलीले दुईवटा ट्याक्टर सहित दुई चालकहरुलाई नियन्त्रणमा लिएको हो ।

डिभिजन बन कार्यालय बाराका जमदार नागेन्दर प्रसाद बैठाले दिएको जानकारी अनुसार बालुवा लोड गरीरहेको अवस्था प्रदेश २ ०३ ००१ त १४९४ नम्बरको ट्याक्टर र नम्बर प्रष्ट नभएको ७ त ६१७८ नम्बर मात्र देखिने ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ।

नियन्त्रणमा लिएको ट्याक्टरलाई तामागढी सब डिभिजन बन कार्यालयाको प्राङ्गनमा राखिएको र पक्राउ परेका ट्याक्टर चालकहरु निजगढ नगरपालिका वडा नं.९ बस्ने बर्ष १९ को कुनाल थापा र वडा नं.११ बस्ने १९ बर्षिय समिर रन्तेललाई डिभिजन बन कार्यालय बाराको नियन्त्रणमा राखिएको डिभिजन बन अधिकृत राजिव कुमार झाले जानकारी दिएका छन ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको झाले बताए ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न