बाढी प्रभावित परिवारलाई सहयोग गर्न पचरौताका मेयर सिंह पुगे रौतहट

साझेदारी दैनिक
साझेदारी दैनिक 59 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रौतहट,करण कुमार मिश्र/ बारा जिल्लाको पचरौता नगरपालिकाका मेयर जलंधर सिंह रौतहट पुगेका छन्।

बाढी प्रभावित परिवारलाई सहयोग गर्न सिंह स्वास्थ्यकर्मीको टीम सहित रौतहट पुगेका हुन्।

अविरल वर्षाले रौतहटको बागमतीमा आएको बढीले जिल्लाको गढिमाई, राजदेवी नगरपालिका र दुर्गाभगवती गाँउपालिमा सयभन्दा बढी घर परिवार घरबारविहीन भएका छन्।

बागमतीको बाढीबाट दुर्गाभगवती-५ बडहर्वामा व्यापक क्षती भएको छ। सो खबर पाउनासाथ पचरौताका नगर प्रमुख सिंहले मंगलवार खाद्यान्न र स्वास्थ्यकर्मी सहितको आफ्नो सम्पूर्ण टिम लिएर मेस तथा स्वास्थ शिविर चलाउने उद्देश्यका साथ रौतहट पुगेका हुन्।

उनलाई स्थानीय सहयोग र सहकार्य गर्न संबिधान सभा सदस्य बवन सिंह,दुर्गा भगवतीका अध्यक्ष शम्भुकुमार सिंह,नेकपा एमाले रौतहट उपाध्यक्ष रुपेश पटेल,युवा नेता मुन्ना यादवले सहयोग गरिरहेका हुन्।

बाढीबाट प्रभावित भएका पीडित परिवारसँग उनीहरुले भेटघाट गराएका छन्।

बडहर्वा गाउँमा खाना र स्वास्थ शिविर संचालन हुने पचरौताका नगर प्रमुख जलंधर सिंहले बताएका छन् ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न