बारा प्रहरीद्वारा दुई महिनामा नौ करोड एकावन लाख भन्दा बढीको माल सामान बरामद

संदिप प्रसाद यादव
संदिप प्रसाद यादव 81 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

कलैया : जिल्ला प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्ष २०८१/०८२ को श्रावण देखि भदौ महिनामा नौ करोड ५१ लाख रुपैयाँ भन्दा बढीको माल सामान बरामद गरेको छ।

जिल्लाका विभिन्न ठाउँबाट सो अवधिको दुई महिनामा सबैभन्दा बढी ९ करोड ५१ लाख २७ हजार २८ रुपैयाँको सामान बरामद गरिएको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काले प्रगति विवरण सार्वजनिक गर्दै जानकारी दिएका छन् ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बारामा ठाडो उजुरी २ सय १६ दर्तामा १ सय ५८ फर्छौट भएको छ भने ५८ वटा फर्छौट हुन बाकी रहेको प्रहरीले जनाएको छ ।

घाउ जाँच १ सय २२ उजुरी दर्ता भएको छ भने जिल्ला प्रशासन कार्यालय बाराबाट १ सय ४३ उजुरी आएकोमा १ सय १ वटा उजुरी फर्छौट भएको छ भने ४२ वटा उजुरी फर्छौट हुन बाकी रहेको छ ।

बारामा दुई महिनामा कुल ४ सय ८१ वटा उजुरी दर्तामा २ सय ५१ वटा फर्छौट भएको छ । २ सय २२ वटा उजुरी फर्छौट हुन बाकी रहेको छ ।

त्यसैगरी अपराध सम्बन्धी २ सय ६२ वटा मुद्दा दर्ता भएको छ भने ५२ वटा फर्छौट भएको प्रहरीले जनाएको छ ।

प्रहरीले अदालतबाट बिभिन्न मुद्दामा कैद जरिवना तोकेको १८ जना फरार रहेका प्रतिवादी पक्राउ गरेको छ । उक्त फरार प्रतिवादीहरुलाई अदालतबाट १ वर्ष २ महिना दिन कैद र ६ लाख ६६ हजार १६ रुपैयाँ जरिवाना संकलन गरेको छ ।

त्यस्तै प्रहरीले लागू औषध गाँजा– ३ सय ११ किलो १ ग्राम,फेनारगन– २ सय २४,ब्रुनोफिन–२ सय २४,डाईजोपाम– २ सय २४,डाईजेपाम –२ सय २४,ट्रामाडोल – ३० पिस,नाईट्रोभेट– १० पिस,हिरोईन ९२ किलो ३ सय ५० ग्राम र अफिम १० ग्राम प्रहरीले बरामद गरेको छ ।

त्यस्तै दुई महिनामा महिला सेलमा ४ सय ४६ उजुरी दर्तामा २ सय ९८ फर्छौट भएको छ। ६९ जना महिला,बालबालिका तथा जेष्ठ नागरिक हराएका मध्ये २७ जना प्रहरीले फेला परेको जानकारी दिएको छ ।

त्यसैगरी बारामा १ सय ६२ वटा सवारी दुर्घटनामा ३ सय ५ जना घाइते भएका छन् । १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले ५ हजार ८७ जनालाई कार्वाही गरेको छ। कार्वाही बापत २० लाख ६१ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको प्रहरीले जनाएको छ ।

संदिप प्रसाद यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न