बर्षासंगै आएको बाढीले रौतहटमा ३ जनाको मृत्यु,एक हजार २ सय ४५ घर बिस्थापित

साझेदारी दैनिक
साझेदारी दैनिक 84 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

गौर : करण कुमार मिश्र/ तीनदिनसम्मा परेको अबिरल बर्षासंगै आएको बाढीले रौतहटमा ३ जनाको ज्यान गएको छ ।

केही दिन अगाडी देखी आएको अबिरल बर्षाको कारण जिल्लाको बिभिन्न स्थानबाट अहिले सम्म बाढीको कारण ३ जनाको ज्यान गएको रौतहट प्रहरीले जनाएको छ ।

बाढीको कारण जिल्लाको दुर्गाभगवती गाँउपालिकामा एक जना पुरुषको,परोहा नगरपालिकामा एक बालिकाको र बौधीमाई नगरपालिका–२ इनरवाका आफनै घरमा पानी खाने मोटरमा करेन्ट लागेर एक १४ बर्षिय बालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बाढीले दुर्गाभगवती गाँउपालिका– ४ पचरुखीका ३५ वर्षीय बच्चा भन्ने राजकुमार मुखियाको मृत्यु भएको प्रहरी उपरिक्षक दिलिप घिमिरेले जानकारी दिएका छन । बाढीको पानीमा माछा मार्ने क्रममा चिप्लिएर लडेका मुखियाको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक घिमिरेले बताए ।

यसैगरी परोहा नगरपालिकाको नरकटियामा घाँस काटन गएकी १४ वर्षीया बालिका आशा कुमारी साहको डुबेर ज्यान गएको छ भने बौधीमाई नगरपालिका–२ इनरवाका आफनै घरमा पानी खाने मोटरमा करेन्ट लागेर १४ बर्षिय बालक अनिल महतोको ज्यान गएको उपरिक्षक घिमिरेले बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार ६ जना घाइते भएका छन । त्यस्तै बाढीमा परेका जिल्लाको बिभिन्न ठाउका १ सय २३ जनाको उद्दार गरेको प्रहरीले जनाएको छ ।

बाढीको कारण रौतहटमा १ हजार २ सय ४५ घर बिस्थापित भएका छन । १ हजार ८ सय ५ वटा घर परिवार प्रभाबित भएको छन भने ५ हजार ५ सय ९५ जना नागरिक प्रभाबित भएको रौतहट प्रहरीले जानकारी गराएको छ ।

यता बाढीले रौतहटको ८ वटा प्रहरी चौकीहरु समेत डुबानमा परेको छन । रौतहटको बागमती र बकैया नदीको बिभिन्न बाधहरु फुटदा जिल्लाको बृन्दावन,गढीमाइ,माधवनारायण,गौर,राजदेबी,ईशनाथ१३ वटा पालिकाका नागरिकहरु प्रत्यक्ष प्रभावति प्रभाबित भएको स्थानीयहरुले गुनासो गरेका छन ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न