अपडेट : विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

रासस
रासस 9 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

काठमाडौँ,१२ असोज : तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी,पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएकोछ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९ जना बेपत्ता भएका छन् ।

हालम्म विपद्मा परेर ३५ जना घाइते भएका सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११,भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो ।

यस्तै पाँचथरमा ५,धनकुटामा २,सोलुखुम्बुमा २,सुनसरीमा १,काभ्रेमा १४,धादिङमा १,सिन्धुपाल्चोकमा ४,दोलखामा ३ जनाको मृत्यु भएको छ ।

ललितपुरमा १५,काभ्रेमा २६,काठमाडौँमा ६,मकवानपुरमा ७, दोलखामा ३,झापामा ४,पाँचथरमा ५,सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेका पनि उहाँले बताउनुभयो ।

अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ । दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ ।

नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले सुरक्षा निकाय तथा उद्धारमा संलग्न सङ्घसंस्थाको सहकार्यमा अहिले पनि उद्धार जारी रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल प्रहरीबाट १० हजार बढी सुरक्षाकर्मी उद्धारमा परिचालन गरिएको छ । सोही हाराहारीमा सशस्त्र प्रहरीले पनि टोली परिचालन गरेको छ ।

रासस

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न