पर्यावरण जोगाउन शुरु भयो जीतपुरसिमरामा टपरी अभियान

रञ्जन यादव
रञ्जन यादव 63 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा : प्रिन्टेड पेपर वा प्लास्टिक जन्य प्लेटले पर्यावरणमा प्रभाव पारिरहेकोमा सो को विकल्प खोजिएको छ।

यस्तो विकल्प बाराको जितपुर सिमरा उपमहानगरपालिकामा खोजिएको हो। प्रिन्टेड पेपर र प्लाष्टिकजन्य प्लेटमा खाने कुरा दिने प्रचलनलाई बिस्थापित गर्ने उदेश्यले जीतपुरसिमरा उपमहानगरपालिकाले टपरीको प्रयोगलाई प्रोत्साहन गर्ने अभियान सुरु गरेको छ।

अभियान स्वरुप जीतपुरको एक पसलमा पातले बनाएको टपरी निशुल्क प्रदान गरी त्यस्को प्रयोग गर्न अनुरोध गरिएको छ। प्रिन्टेड पेपरमा पकाईएका खानेकुराहरु खाँदा क्यान्सर जस्ता प्राण घातक रोग लाग्ने गर्दछ।

त्यसैले यसको प्रयोगलाई निरुत्साहित गर्न टपरीमा खाने कुरा बेच्न हौसला प्रदान गरिएको हो। पातबाट बनेको टपरी वातावरण तथा स्वास्थ्य अनुकुल हुने र लघु उद्यमीहरुले पनि स्वरोजगार हुने बिश्वास बरिष्ठ उद्यम सहजकर्ता दिपनारायण रायले ब्यक्त गरेकाछन्।

उपमहानगरपालिकाको गरिबी निवारणकोलागि लघु उद्यम विकास कार्यक्रम( मेड्पा) कार्यक्रम अन्तर्गत यो अभियान सुरु गरिएको हो। पसलमा आएका ग्राहकहरुलाई टपरीमा नै खाने कुरा प्रदान गरिएको थियो।

सधै प्रिन्टेड कागजमा खाने ग्राहकहरुलाई पातको टपरीमा खानेकुरा पस्किदा उनीहरुले खुसि ब्यक्त गरेका छन्। उनीहरुले उपमहानगरपालिकालाई धन्यबाद दिएका छन्।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ रामबन लघु उद्यमी समूहले उपमहानगरपालिकाको सहयोगमा सालको पातको दुनो,प्लेट र टपरी उत्पादन र बिक्रिबितरण गर्ने गर्दछ ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review

तपाईं यस पृष्ठको सामग्री प्रतिलिपि गर्न सक्नुहुन्न